जनकपुरधाममा नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशन, भोलि साँझ ४ बजे भव्य उद्घाटन

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, ३ पुस

जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। बिहीबार साँझ आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक समितिले महाधिवेशनका सबै व्यवस्थापन कार्य सम्पन्न भएको जानकारी दिएको हो।

 

पुस ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने महाधिवेशनको भव्य उद्घाटन भोलि साँझ ४ बजे हुने छ। महाधिवेशनमा देशभरका १८४ शाखाबाट करिब चार हजार भन्दा बढी प्रतिनिधि तथा अतिथिहरूको सहभागिता रहने जनाइएको छ। उद्घाटन सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकको भनाइ छ।

 

महाधिवेशन स्थल जनकपुरधामको तिरहुतिया गाछी लाई रंगीचंगी बत्ती, कलात्मक मण्डप र जानकी मन्दिरको प्रतिरूपले आकर्षक रूपमा सजाइएको छ। यसले जनकपुरधामको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

 

जेसीज जनकपुरधाम शाखाका अध्यक्ष मुकेश साहका अनुसार महाधिवेशन अवधिभर नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, सीप विकास तथा विचार आदान–प्रदानका विविध कार्यक्रमहरू सञ्चालन हुनेछन्। “यति ठूलो संख्यामा अतिथिहरूको आगमनले होटल, यातायात, भोजनालय तथा स्थानीय व्यवसायमा सकारात्मक प्रभाव पर्नेछ,” उनले बताए।

 

राष्ट्रिय महाधिवेशनका प्रबन्ध निर्देशक तथा जेसीज जनकपुरधामका पूर्व अध्यक्ष सुधिर पंजियारले महाधिवेशन जनकपुरधामको पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनका अनुसार महाधिवेशन सञ्चालनका लागि करिब ३ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

 

नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनले जनकपुरधाम लाई ‘कन्फरेन्स टुरिज्म’को सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..