जनकपुरधाममा युवाहरूको महाकुम्भ : नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशन सुरु

10 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस ४ गते 

मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ऊर्जा र नेतृत्वको केन्द्र बनेको छ। देशभरका हजारौँ युवाहरूको सहभागिता सहित नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशन शुक्रबार साँझ देखि जनकपुरधाममा सुरु भएको छ।

 

जनकपुरधाम जेसीजको आतिथ्यमा ऐतिहासिक तिरहुतियागाछीमा सुरु भएको महाधिवेशनमा ७७ जिल्लाका १ सय ८४ शाखा बाट करिब ५ हजार युवाहरू सहभागी भएका छन्। फरक–फरक भूगोल, भाषा र संस्कृतिका युवाहरू एउटै मञ्चमा भेला हुँदा जनकपुरधाममा एक किसिमको राष्ट्रिय उत्सवको वातावरण बनेको छ।

 

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा तथा अन्तर्राष्ट्रिय जेसिजका उपाध्यक्ष एवं जापानका प्रख्यात तथा सफल व्यवसायी सुजुकीको प्रमुख आतिथ्यतामा महाधिवेशन उद्घाटन गरिएको हो। १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको सक्रिय सहभागिताले महाधिवेशनलाई अझ ऊर्जाशील बनाएको देखिन्छ।

 

महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, यो युवाहरूका लागि सिकाइ, अनुभव आदान–प्रदान र भविष्य निर्माणको साझा मञ्च पनि हो। कार्यक्रममा नेपालका सफल युवा उद्यमीहरू, वन डढेलो सम्बन्धी विज्ञहरू तथा विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरूले आफ्ना अनुभव र ज्ञान साझा गर्ने कार्यक्रमहरू राखिएका छन्।

 

‘युवाहरूको महाकुम्भ’ का रूपमा परिचित नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आगामी पुस ७ गते सन् २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ। नयाँ नेतृत्व चयनसँगै संगठनले आगामी दिनमा युवा सशक्तीकरण, उद्यमशीलता विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

महाधिवेशनले जनकपुरधामको आर्थिक तथा सामाजिक जीवनमा समेत सकारात्मक प्रभाव पारेको छ। होटल, यातायात, व्यवसाय तथा सेवा क्षेत्रमा चहलपहल बढ्नुका साथै आन्तरिक तथा बाह्य हजारौँ पाहुनाको आगमनले स्थानीय अर्थतन्त्र चलायमान बनेको छ। साथै, जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटन पहिचानलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसरसमेत बनेको छ।

 

युवाहरूको सोच, सपना र सम्भावनालाई एउटै मञ्चमा जोड्ने यो महाधिवेशन जनकपुरधामका लागि मात्र होइन, समग्र देशका युवाहरूका लागि पनि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..