निरंकारी मण्डल द्वारा जनकपुरधाम रेल्वे ट्रयाक सरसफाइ कार्यक्रम

8 महीना पहिले प्रकाशित

 

 

सन्तोष महतो

जनकपुरधाम, पुस ५ गते (शनिबार)

निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधाम रेल्वे स्टेशन आसपासको क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाम लाई सफा, स्वच्छ र सुन्दर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा निरंकारी मण्डलका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

 

सन्त निरंकार मण्डली जनकपुरधामका अध्यक्ष बेचु रजकले आन्तरिक स्वच्छता मात्र होइन, बाहिरी सरसफाइ पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै सुन्दर र सभ्य समाज निर्माणका लागि सबैको हातेमालो अपरिहार्य रहेको बताए।

कार्यक्रमअन्तर्गत रेल्वे ट्रयाक तथा आसपासका क्षेत्रको सरसफाइ गरिएको थियो। यसमार्फत वातावरण संरक्षण र सामाजिक सचेतनाको सन्देश प्रवाह गरिएको आयोजकले जनाएका छन्।

सरसफाइ कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, सशस्त्र प्रहरी बल (एपीएफ), महिला, युवा तथा स्थानीय स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकले जनकपुरधाम लाई स्वच्छ राख्न सबै नागरिकले आ–आफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता सहित निरंकारी मण्डलले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..