शीतलहरको मध्यनजर गर्दै दुर्घटना न्यूनीकरणका लागि विशेष ट्राफिक अभियान

8 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम, पुस ९ गते 

शीतलहरका कारण बढ्न सक्ने सवारी दुर्घटनाको जोखिम न्यूनीकरण तथा रोकथामका लागि धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक सचेतना अभियान सुरु गरेको राष्ट्रिय आवाज लाई भनेका छन ।

पछिल्लो एक सातादेखि शीतलहर तीव्र हुँदै गएसँगै सडक दृश्यता घट्नु, चिसोका कारण चालकको एकाग्रता कम हुनुजस्ता जोखिम बढेको निष्कर्षसहित जिल्लाभर रहेका विभिन्न ट्राफिक पोस्टमार्फत जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार अभियानको मुख्य उद्देश्य सवारी दुर्घटनाको दर घटाउनु, चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु तथा ट्राफिक नियम पालना गर्न सचेत गराउनु हो। शीतलहरका बेला दुर्घटनाको सम्भावना बढ्ने भएकाले यस्तो अभियानको आवश्यकता पहिचान गरिएको उनले बताए।

अभियानअन्तर्गत ट्राफिक प्रहरीले विशेषगरी दुई पाङ्ग्रे सवारी साधनका चालकलाई रोक्दै ट्राफिक नियमको पालना, हेलमेटको अनिवार्य प्रयोग, गति नियन्त्रण तथा अन्य सुरक्षासम्बन्धी जानकारी प्रदान गर्नेछ। चालकसँग प्रत्यक्ष संवाद गर्दै दुई मिनेटभित्र मुख्य सुरक्षा सन्देश दिने गरी कार्यक्रम सञ्चालन भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।

उनले भने, “दुई पाङ्ग्रे सवारी चालकमा ट्राफिक नियम प्रतिको सचेतना बढाउन सकिए दुर्घटनाको दर उल्लेख्य रूपमा घटाउन सकिन्छ।”

अभियानको प्रभावकारी कार्यान्वयनले धनुषा जिल्लासहित आसपासका क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक सुधार आउने र सडक सुरक्षामा योगदान पुग्ने विश्वास ट्राफिक प्रहरीले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..