तुलसी पूजन दिवस जनकपुरधाममा भव्य रूपमा सम्पन्न

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, पुस १० गते (बिहीबार)

तुलसीको धार्मिक, आयुर्वेदिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्वलाई उजागर गर्दै जनकपुरधाममा तुलसी पूजन दिवस भव्य रूपमा सम्पन्न भएको छ। प्राचीन कालदेखि नै औषधीय र आध्यात्मिक गुणका कारण तुलसीलाई ‘माता’को स्थान दिई पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ।

स्वास्थ्य, पर्यावरण संरक्षण तथा पारिवारिक आरोग्यका दृष्टिले समेत अत्यन्त उपयोगी मानिने तुलसीले वातावरण स्वच्छ राख्नुका साथै प्रदूषण न्यूनीकरण र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विश्वास गरिन्छ। वैज्ञानिक अनुसन्धानहरूले पनि तुलसीको बहुउपयोगिता पुष्टि गरिसकेका छन्।

देशको भावी पुस्तामा संस्कारको सिञ्चन गर्ने उद्देश्यले मिथिला भूमि जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा सामूहिक रूपमा तुलसी पूजन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा तुलसी माताको परिक्रमा तथा आरतीसमेत गरिएको थियो।

कार्यक्रमका अध्यक्ष श्री अशोक मिश्रले तुलसीको उपयोगिताबारे चर्चा गर्दै भन्नुभयो, “नेपाल मात्र होइन, विश्वभरका मानिसहरूले तुलसीको रोपण र सेवनबाट स्वस्थ तथा निरोग जीवन प्राप्त गर्न सक्छन्। तुलसीलाई वैद्य अर्थात् प्राकृतिक चिकित्सक पनि भनिन्छ।” उहाँका अनुसार तुलसीको पात सेवनले स्मरणशक्ति, बल र तेज बढाउनुका साथै क्यान्सरविरोधी तत्वसमेत पाइन्छ। फ्रेन्च चिकित्सक विकर रोशिनले समेत तुलसीलाई ‘वन्डर ड्रग’ भन्दै उच्च रक्तचाप, मानसिक रोग तथा पाचन प्रणालीका लागि लाभदायक औषधि भएको उल्लेख गरेका छन्।

लोककल्याणकारी उद्देश्यसहित सन्त श्री आशाराम बापूजीको प्रेरणामा सन् २०१४ देखि प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन तुलसी पूजन दिवस मनाउन थालिएको हो। हाल यो दिवस नेपाल र भारत मात्र नभई विश्वका विभिन्न मुलुकमा विद्यालय, कलेज, मन्दिर, धार्मिक स्थल तथा घर–घरमा सामूहिक वा व्यक्तिगत रूपमा मनाइँदै आएको छ।

कार्यक्रम पश्चात उपस्थित सहभागीहरूले तुलसी पूजन दिवसलाई देशव्यापी तथा विश्वव्यापी रूपमा विस्तार गर्ने संकल्प गर्दै आ–आफ्नो टोल तथा घरमा पनि सामूहिक तुलसी पूजन आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..