पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाको सपथ ग्रहण सम्पन्न

3 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम पुस ११ गते 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, मधेस प्रदेश अन्तर्गत जिल्ला शाखा धनुषाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आज सुक्रबार सम्पन्न भएको छ।

 

कार्यक्रम महासंघका वर्तमान अध्यक्ष सरोज कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले पुस्तक तथा स्टेशनरी व्यवसाय शिक्षा र ज्ञानसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै, व्यवसायलाई मर्यादित, पारदर्शी र समयसापेक्ष बनाउनु आवश्यक रहेको बताए। उनले स्थानिय सरकार जिम्मेबार भई प्रस्तुत हुनुपर्ने भन्दै स्थानीय व्यवसायीहरूलाई संगठित रूपमा अघि बढ्न, गुणस्तरीय सामग्री प्रवाह गर्न तथा व्यवसायिक आचरणमा विशेष ध्यान दिन आग्रह गरे।

कार्यक्रमका अध्यक्ष सरोज कुमार चौधरीले महासंघले विगतदेखि नै पुस्तक तथा स्टेशनरी व्यवसायीहरूको हकहित संरक्षणमा भूमिका खेल्दै आएको उल्लेख गर्दै, नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, उत्तरदायी र व्यवसायी मैत्री बनाउने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष प्रकाश कुमार धमसाले सबै व्यवसायीको साझा हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै, व्यवसायीहरूले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै अघि बढ्ने बताए। उनले संगठन भित्र एकता, पारदर्शिता र सहकार्यलाई प्राथमिकतामा राख्ने धारणा राखे।

कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य नितेश साह, जितेंद्र महासेठ जनकपुर धाम नगर शिक्षा समिति को सदस्य लगायत महासंघका प्रदेश तथा जिल्ला पदाधिकारी, पुस्तक तथा स्टेशनरी व्यवसायी, उद्योगी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    मोनू गुप्ता  जनकपुरधाम , चैत्र २ गते  जनकपुर धामका धार्मिक तथा सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण, व्य..

  दीपक श्रेष्ठ मण्डल  चैत्र १ गते,जनकपुरधाम   श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालयले शैक्षणिक प्रदर्शन..

  राष्ट्रिय आवाज  जनकपुर धाम,१६ फागुन  धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित हरिहरेश्वर मन्दिर परिसर ..

  मोनु गुप्ता  जनकपुरधाम, फागुन १२ गते   धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत धनौजी गाउँपालिका राष्ट्रिय स्..

  धिरेश दत्त जनकपुर धाम, फागुन ११ गते  महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल..