हंसपुरमा नेपाल–भारतका चिकित्सक सहित स्वास्थ्य शिविर सञ्चालन

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम , पुस ११ गते

 धनुषा जिल्लाको दुर्गम क्षेत्र हंसपुर नगरपालिका–६, टिल्ही स्थित तपसी बाबा कलेजमा नेपाल–भारतका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

शिविरको उद्घाटन गर्दै गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले ग्रामीण दुर्गम क्षत्रमा सेवा भवका साथमा गर्ने समाज सेवा भन्दा ठूलो धर्म अरू कुनै नभएको बताएका छन्। सामाजिक तथा शिक्षा क्षेत्रमा समाजसेवी गङ्गाराम यादवले पुर्याएको योगदानको प्रशंसा गर्दै, भारतको दिल्ली स्थित मेधान्ता अस्पतालका विशेषज्ञ चिकित्सकहरू लाई ल्याएर शिविर आयोजना गर्नु उल्लेखनीय कार्य भएको उनले बताए।

डा. यादवले बिग्रँदै गएको स्वास्थ्य अवस्थाको सुधारका लागि आफ्नै खेतबारीमा उत्पादन भएको अर्गानिक खाद्यान्नको उपभोग गर्न उनले सुझाव दिए।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले दुर्गम क्षेत्रमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम अत्यन्तै सराहनीय भएको बताए। उनले स्थानीय बासिन्दालाई शिविरको सेवा लिएर स्वास्थ्य लाभ लिन आग्रह गरे।

हंसपुर नगरपालिकाकी उपप्रमुख दुर्गी देवी मण्डलले नेपाल र भारतका चिकित्सकहरूको सहभागितामा सुरु भएको स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन सबैमा आग्रह गरिन्।

 

शिविरका आयोजक गङ्गाराम यादवले गरिब तथा विपन्न नागरिकले दिल्ली वा काठमाडौँ धाउन नपरोस् भन्ने उद्देश्यले आफ्नै क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सोचका साथ शिविर आयोजना गरिएको जानकारी दिए।

शिविरमा नेपाली चिकित्सक तर्फ बाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. दिग्विजय कुमार ठाकुर, तपसी बाबा विद्यालयका प्रधानाध्यापक मदन कुमार महरा, वरिष्ठ चिकित्सक डा. गौराङ्ग मिश्र तथा जनकपुर धामका पूर्व नगर प्रमुख बजरङ्ग प्रसाद साह लगायतले मन्तव्य राखेका थिए।

भोलिसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटु, मृगौला, बाँझोपन, स्त्री तथा बाल रोग, नाक,कान,घाँटी, हाडजोर्नी, आँखा लगायतका रोगको विशेषज्ञ उपचार तथा निःशुल्क औषधि वितरण गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..