संगीत, संस्कृति र स्वादको उज्यालोमा नयाँ वर्ष स्वागत गर्दै गौतम होटल

5 महीना पहिले प्रकाशित

 

जीवनराज दाहाल 

बर्दिवास, पुस १४ गते,महोत्तरी 

समयको चक्र फेरिँदै नयाँ वर्षको संघारमा आइपुग्दा हरेक मनमा नयाँ आशा, नयाँ ऊर्जा र नयाँ उत्साह पलाउँछ । यही उत्साहलाई संगीत, संस्कृति र पर्यटनसँग जोडेर उत्सवको रूप दिने उद्देश्यसहित धनुषाको लालगढ स्थित गौतम होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।

 

नयाँ वर्षको साँझलाई अविस्मरणीय बनाउने लक्ष्यसहित आयोजना हुन लागेको यस महोत्सवमा सुप्रसिद्ध गायक प्रमोद खरेल तथा उहाँको लोकप्रिय ब्याण्ड “परम्परा” ले प्रत्यक्ष (Live) सांगीतिक प्रस्तुति दिनेछन् । स्वर, शब्द र लयको संगम सँगै नेपाली मौलिकता, परम्परा र सांस्कृतिक पहिचान झल्किने विविध प्रस्तुतीहरूले महोत्सवलाई अझ जीवन्त बनाउने आयोजकले जनाएको छ ।

 

निजी क्षेत्रको अग्रसरतामा आयोजना हुन लागेको यस कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यमका रूपमा अघि बढाइने लक्ष्य लिइएको छ । नयाँ वर्षको अवसरमा नेपालका विभिन्न जिल्ला सँगै भारतको बिहार राज्य अन्तर्गत सीतामढी, मधुबनी, दरभंगा, जयनगर लगायत क्षेत्रबाट उल्लेख्य संख्यामा आगन्तुक आउने अपेक्षा गरिएको छ ।

यस महोत्सवले स्थानीय होटल, व्यवसाय र आतिथ्य क्षेत्रलाई नयाँ गति दिने विश्वास गरिएको छ । संगीत र संस्कृतिसँगै स्वादलाई पनि उत्सवको केन्द्रमा राख्दै मधेस प्रदेशको पहिचान बोकेका परम्परागत तथा स्वादिष्ट परिकारहरू प्रस्तुत गरिनेछन् ।

 

गौतम होटलका सञ्चालक हिरा गौतमका अनुसार, “कलैयाको सेकुवा, रौतहटको कटिया, जनकपुरको ललन माछा, बरमझिया (सप्तरी) को पेडा, धनुषाको कठाल दही तथा विभिन्न स्थानका चर्चित मिष्ठान्न परिकारमार्फत अतिथिलाई मधेसको मौलिक स्वाद र सुगन्ध सम्झनलायक बनाउने हाम्रो प्रयास हो ।”

 

महोत्सवमा सहभागिताका लागि होटलले तीन तहको टिकट व्यवस्था गरेको छ । पहिलो तहको टिकट रु. ५,०००, दोस्रो तहको रु. ३,५०० र तेस्रो तहको रु. २,५०० तोकिएको छ । उक्त टिकटमा कार्यक्रम अवलोकन सँगै तोकिएको प्याकेज अनुसार खाना, स्न्याक्स तथा ड्रिङ्क्सको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

विशेष फुड स्टल मार्फत आगन्तुकहरू लाई मधेसको मौलिक संस्कृति र स्वादसँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्य राखिएको छ । संगीत, संस्कृति र स्वादको त्रिवेणी सँगै नयाँ वर्षलाई स्वागत गर्ने यस महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन गौतम होटल परिवारले सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..