मधेसमा तीव्र सितलहर, जनजीवन प्रभावित हंसपुरका पूर्व मेयर मण्डल द्वारा ब्ल्यांकेट वितरण

3 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

जनकपुरधाम, पुस १५ गते ।

मधेस प्रदेशमा केही दिनयता जारी तीव्र सित लहरले जनजीवन कठोर बनाइरहेको छ। बिहान–साँझ बाक्लो कुहिरो, शीतल हावा र घट्दो तापक्रमले सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन बनाएको छ। चिसोको सबैभन्दा ठूलो मार भने सडकमा बस्ने असहाय, मठ–मन्दिरमा आश्रय लिएका साधु–सन्त, साना बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूमा परेको छ।

स्थानीय वासीहरूका अनुसार चिसो बढ्दै जाँदा पनि स्थानीय तहबाट अपेक्षित रूपमा राहत, न्यानो पोशाक तथा आपतकालीन सहयोग समयमै उपलब्ध हुन सकेको छैन। “जाडोले रात काट्नै गाह्रो भएको छ,” एक स्थानीय वृद्ध भन्छन्, “बालबालिका र बिरामीलाई झनै समस्या छ।”

यही कठोर मौसम बीच हंसपुर नगरपालिकाका पूर्व मेयर रामज्ञान मण्डल मानविय सहायताका साथ अगाडि आएका छन्। उनले विभिन्न मठ–मन्दिरमा बसोबास गर्दै आएका साधु–सन्त, मौलवी तथा असहाय व्यक्तिहरूलाई ब्ल्यांकेट (कमल) वितरण गर्दै चिसोबाट जोगिन सहयोग गरेका छन्।

पूर्व मेयर मण्डलका अनुसार जाडो अत्यधिक बढेकाले तत्काल न्यानो पोशाक आवश्यक देखिएको र त्यसैले व्यक्तिगत पहलमा वितरण कार्यक्रम सञ्चालन गरिएको हो। “मानवता सबैभन्दा ठूलो धर्म हो,” उनले भने, “कठ्यांग्रिने जाडोमा कसैलाई न्यानोको अभावमा पीडा नहोस् भन्ने चाहना मात्र हो।”

उनको टोलीले धार्मिक स्थल वरपर पुगेर साधु–सन्त र असहाय व्यक्तिहरू सँग प्रत्यक्ष भेटघाट गर्दै ब्ल्यांकेट वितरण गरेको थियो। ब्ल्यांकेट पाएपछि धेरैले राहत महसुस गरेको प्रतिक्रिया दिएका छन्।

यद्यपि स्थानीय वासीहरूले यस्तो सहयोग व्यक्तिगत पहलमा मात्र सीमित नराखी स्थानीय तहले पनि संस्थागत र व्यवस्थित रूपमा अघि बढ्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लक्षित गर्दै तत्काल राहत कार्यक्रम आवश्यक छ, नत्र चिसोका कारण स्वास्थ्य जोखिम झनै बढ्न सक्छ।

मधेसमा हरेक वर्ष दोहोरिने सितलहर र जाडोको संकटले राहत व्यवस्थापनमा दीर्घकालीन तयारी र संवेदनशील शासनको खाँचो औंल्याउँदै आएको छ। यस वर्ष पनि कठोर जाडोले फेरि त्यही प्रश्न उठाएको छ— के राज्य र स्थानीय सरकार समयमै कमजोर वर्गको सहारा बन्न सक्छ..?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    मोनू गुप्ता  जनकपुरधाम , चैत्र २ गते  जनकपुर धामका धार्मिक तथा सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण, व्य..

  दीपक श्रेष्ठ मण्डल  चैत्र १ गते,जनकपुरधाम   श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालयले शैक्षणिक प्रदर्शन..

  राष्ट्रिय आवाज  जनकपुर धाम,१६ फागुन  धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित हरिहरेश्वर मन्दिर परिसर ..

  मोनु गुप्ता  जनकपुरधाम, फागुन १२ गते   धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत धनौजी गाउँपालिका राष्ट्रिय स्..

  धिरेश दत्त जनकपुर धाम, फागुन ११ गते  महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल..