जनकपुर धामका विक्रम नेपाल पानी उद्योग महासंघका केन्द्रीय सदस्यमा चयन

8 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

काठमाडौं, पुस १५ गते 

नेपाल पानी उद्योग महासंघको प्रथम वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ।

सभामा “स्वच्छ पानी सबैको लागि, नेपालको पानी संसारको लागि” भन्ने मूल नाराका साथ नेपालमा स्वच्छ, सुरक्षित तथा गुणस्तरीय पिउने पानीको पहुँच विस्तार र नेपाली पानी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विषयमा व्यापक छलफल गरिएको थियो।

महासंघले पानी उद्योग सँग सम्बन्धित नीति निर्माण, गुणस्तर मापदण्ड, उपभोक्ता संरक्षण तथा निर्यात सम्भावनामा सरोकारवाला सँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सो अवसरमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको छ। यस क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४, पिरारी चोकस्थित ‘गुरु प्रशोधित पिउने पानी’ का सञ्चालक विक्रम मण्डल महासंघको केन्द्रीय सदस्यमा चयन भएका छन्।उनको चयनले मधेस क्षेत्रका पानी उद्योगीहरूको प्रतिनिधित्व सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..