मधेश प्रदेशका ६ नव नियुक्त मन्त्री द्वारा शपथ ग्रहण

29 दिन पहिले प्रकाशित

 

माेनु गुप्ता 

जनकपुरधाम, पुस १६ गते, वुधबार 

मधेश प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले आज बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मधेश प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मन्त्रीहरूलाई शपथ गराउनुभएको हो।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त भएका मन्त्रीहरूमा

मनिष कुमार सुमन — श्रम तथा यातायात मन्त्री

राजकुमार गुप्ता — भौतिक पूर्वाधार तथा विकास मन्त्री

शंकर प्रसाद चौधरी — वन तथा वातावरण मन्त्री

श्याम प्रसाद पट्टेल — भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

बसन्त कुसवाहा — खेलकुद तथा समाज कल्याण मन्त्री

फकिरा महतो — गृह, सञ्चार तथा कानून मन्त्री

रहनुभएको छ।

शपथग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, सभामुख रामअशिष यादव, प्रदेश सरकारका मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित प्रदेशका १२ वटै मन्त्रालयले नेतृत्व पाएसँगै मधेश प्रदेश सरकार पूर्ण भएको जानकारी राष्ट्रिय आवाज लाई प्राप्त भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..