मधेश प्रदेशका ६ नव नियुक्त मन्त्री द्वारा शपथ ग्रहण

8 महीना पहिले प्रकाशित

 

माेनु गुप्ता 

जनकपुरधाम, पुस १६ गते, वुधबार 

मधेश प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले आज बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मधेश प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मन्त्रीहरूलाई शपथ गराउनुभएको हो।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त भएका मन्त्रीहरूमा

मनिष कुमार सुमन — श्रम तथा यातायात मन्त्री

राजकुमार गुप्ता — भौतिक पूर्वाधार तथा विकास मन्त्री

शंकर प्रसाद चौधरी — वन तथा वातावरण मन्त्री

श्याम प्रसाद पट्टेल — भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

बसन्त कुसवाहा — खेलकुद तथा समाज कल्याण मन्त्री

फकिरा महतो — गृह, सञ्चार तथा कानून मन्त्री

रहनुभएको छ।

शपथग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, सभामुख रामअशिष यादव, प्रदेश सरकारका मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित प्रदेशका १२ वटै मन्त्रालयले नेतृत्व पाएसँगै मधेश प्रदेश सरकार पूर्ण भएको जानकारी राष्ट्रिय आवाज लाई प्राप्त भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..