चालक–सहचालक लाई लक्षित नि:शुल्क स्वास्थ्य परीक्षण

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

धनुषा, पुस १६ गते 

धनुषा जिल्लाको लालगढ स्थित रिफ्रेस सेन्टरमा आज चालक तथा सह–चालकहरू लाई लक्षित नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालको विशेष सहभागिता रहेको थियो। कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको संयोजकत्वमा सम्पन्न भएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर तथा श्री जानकी आँखा अस्पताल रामानन्दचोक, धनुषाको प्राविधिक सहयोग रहेको थियो।

कार्यक्रममा ३०० भन्दा बढी चालक तथा सह–चालकहरूले आँखा, रक्तचाप, मधुमेहलगायत विभिन्न स्वास्थ्य परीक्षण गराएका थिए। स्वास्थ्य परीक्षणले सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने चालकहरूको स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..