अनलाइन ठगी गिरोहको पर्दाफास, ६ जना पक्राउ

29 दिन पहिले प्रकाशित

 

ईन्द्र भुषण यादब

जनकपुरधाम, पुस १६ गते

धनुषा प्रहरीले अनलाइन ठगीमा संलग्न ६ जनालाई पक्राउ गरेको आजको पत्रकार सम्मेलनमा जनाएका हुन ।

जिल्ला प्रहरी कार्यालय धनुषाले नक्कली वालेट आइडी बनाएर ठगी गर्ने गिरोहको पर्दाफास गरिएको जानकारी दिइयो।

पक्राउ पर्नेमा गणेशमान चारनाथ गाउँपालिका–१ घर भई हाल धनुषाधाम नगरपालिका–९ धारापानी चौक स्थित मामा भान्जा ट्रेडर्स आइएमइ का सञ्चालक विशाल भुजेल सहित ६ जना रहेका छन्।

अन्य अभियुक्तहरूमा धनुषाधाम–९ का ३७ वर्षीय सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधुराम, सोही ठाउँका २० वर्षीय रुपेश कुमार साह, १९ वर्षीय निक्की कुमार राम तथा जनकपुरधामको शिव चोक क्षेत्रमा डेरा गरी बस्ने २२ वर्षीय बलराम मण्डल रहेको प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पक्राउ परेका अधिकांश अभियुक्तहरू विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी तथा आइटी क्षेत्रमा राम्रो दखल राख्ने व्यक्ति रहेका छन्।

अनुसन्धानका क्रममा विदेशबाट आफन्तले पठाएको रकम लिन गाउँ बाट आइएमइ केन्द्रमा आउने महिलाहरू लाई झुक्याएर नागरिकता र फोटो लिई उनीहरूकै नाममा वालेट एकाउन्ट खोल्ने र ती एकाउन्ट मार्फत अनलाइन सामान बिक्रीको नाममा रकम जम्मा गराउने तर सामान नपठाउने गरेको खुलेको छ।

 

प्रहरीले अभियुक्तहरूको साथबाट विभिन्न कम्पनीका १९ थान मोबाइल, ४ थान ल्याब ट्याब, एप्पल कम्पनीको १ थान आइप्याड, ठगीमा प्रयोग भएका २० थान सिमकार्ड, ५५ थान सिम कभर तथा ३ थान इन्टरनेट राउटर बरामद गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रवक्ता गणेश बहादुर बमले जानकारी दिनुभयो।

प्रहरी अनुसन्धानअनुसार विभिन्न व्यक्तिको नाममा खोलिएका वालेट आइडीबाट हालसम्म ३९ हजार २० हजार ६५ बराबरको कारोबार भएको खुलेको छ भने २९ जनाको करिब ४ लाख रुपैयाँ बराबरको वालेट रकम रोक्का गरिएको जनाइएको छ। पक्राउ परेका व्यक्तिहरुको विरुद्धमा हाल ३ जना मानिसहरुले यस जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी लेखी पेस गरेकोमा सो सम्बन्धमा समेत थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता गणेश बहादुर बमले जनाएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..