बर्दिबास ,ललितपुर र जनकपुरमा फोहरमैला व्यवस्थापन नीतिको वैधता प्रक्रिया सम्पन्न

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

काठमाडौं — युरोपियन युनियनको सहयोगमा सञ्चालनमा रहेको ग्रिन सिफ्ट परियोजना अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका, बर्दिबास नगरपालिका र ललितपुर महानगरपालिकाका लागि तयार गरिएको फोहरमैला व्यवस्थापन नीतिको वैधता प्रक्रिया सम्पन ।

 

क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाका अनुसार सम्बन्धित स्थानीय तहमा नीतिगत वैधता प्रक्रिया सम्पन्न भइसकेको छ। युरोपियन युनियनको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न वैधता प्रक्रियापछि आगामी बोर्ड बैठकमार्फत विधेयक पारित गर्ने तयारी रहेको परियोजनाका लिड सन्तोषकुमार मगरले जानकारी दिए।

कार्यक्रमअन्तर्गत घरेलु, व्यावसायिक, औद्योगिक, निर्माणजन्य, जैविक, अजैविक तथा जोखिमयुक्त फोहरको दिगो व्यवस्थापन, फोहर व्यवस्थापनमा संलग्न सफाइकर्मीहरूको पेशागत स्वास्थ्य तथा सुरक्षा, साथै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने विषयमा समीक्षा, छलफल र सुझाव संकलन गरिएको थियो।

नीति वैधता कार्यशालामा स्थानीय जनप्रतिनिधि, प्राविधिक कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, महिला तथा युवा समूह, फोहर व्यवस्थापनमा संलग्न कामदार र विकास साझेदारहरूको सक्रिय सहभागिता रहेको थियो। छलफलमा स्रोतमा फोहर छुट्याउने अभ्यास, पुनःप्रयोग र पुनर्चक्रण, जैविक फोहरको कम्पोस्टिङ, प्लास्टिक व्यवस्थापन तथा चक्रिय अर्थतन्त्रका अवधारणालाई स्थानीय तहमा कार्यान्वयन गर्ने विषय समेटिएको थियो।

स्थानीय तहहरूले वैधता प्रक्रिया पश्चात विधेयकलाई अन्तिम रूप दिई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। यस पहलले स्वच्छ सहर निर्माण, वातावरण संरक्षण, जनस्वास्थ्य सुधार र हरित रोजगारी सिर्जनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..