जलवायु र जैविक विविधतामा महिलाको भूमिका सशक्त बनाउन मधेशमा नीतिगत अभिमुखीकरण

27 दिन पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

    जनकपुरधाम

जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र लैङ्गिक न्यायलाई नीतिगत तहमा प्रभावकारी बनाउन मधेश प्रदेशका महिला माननीयहरू सँग लक्षित अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।

 

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र (PRTC) को सह–आयोजना र Women Rights and Resource Network (WRRN) काठमाडौले आयोजना गरेको उक्त कार्यक्रममा FAO नेपालको प्राविधिक सहयोग रहेको थियो।

 

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेश सभामुख राम अशेष यादवले जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीहरू सामना गर्न नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य रहेको बताए। उनले प्राकृतिक स्रोत संरक्षण र दिगो विकासका सवालमा लैङ्गिक दृष्टिकोण समावेश नगरे प्रभावकारी परिणाम हासिल गर्न नसकिने उल्लेख गरे।

PRTC का कार्यकारी निर्देशक सतार अन्सारीले स्वागत मन्तव्यमा जलवायु परिवर्तन, जैविक विविधता र लैङ्गिक सवाल आपसमा अन्तरसम्बन्धित रहेको भन्दै ती विषयलाई प्रादेशिक नीति र कार्यक्रममार्फत एकीकृत रूपमा सम्बोधन गर्न महिला माननीयको भूमिका निर्णायक हुने बताए।

अभिमुखीकरण कार्यक्रममा मधेश प्रदेशका १८ जना महिला प्रदेश सभा सदस्यसहित विभिन्न मन्त्रालय तथा निकायका करिब ४० जना कर्मचारी सहभागी थिए। छलफलमा जलवायु परिवर्तनका असर, जैविक विविधता संरक्षण, लैङ्गिक न्याय, पहाडी तथा पर्वतीय चुनौती, प्रादेशिक असल अभ्यास र महिला माननीयको सञ्जाल गठनका सम्भावना बारे विचार–विमर्श गरिएको थियो।

कार्यक्रमअन्तर्गत जलवायु परिवर्तन, जैविक विविधता र लैङ्गिक न्यायसम्बन्धी नीतिगत ढाँचा र कार्यान्वयनबारे REDD कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले प्रस्तुति दिएका थिए। यस्तै, जलवायु परिवर्तन र पर्वतीय चुनौतीका सन्दर्भमा महिला माननीयहरूको भूमिका, जैविक विविधता संरक्षण र नीतिगत सिफारिस बारे गंगाराम दाहाल तथा डा. सिन्धु ढुंगानाले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रदेशस्तरीय महिला माननीयहरूको सञ्जाल गठनसम्बन्धी सत्रको सहजीकरण बागमती प्रदेश सभा सदस्य भारती पाठकले गरेकी थिइन्। सहभागीहरूले जलवायु न्याय र दिगो विकासका मुद्दामा साझा आवाज निर्माण गर्न प्रदेशस्तरीय सञ्जाल आवश्यक रहेको निष्कर्ष निकाले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..