हिमाली इंग्लिश बोर्डिङ स्कुलको ३४ औँ वार्षिकोत्सव सम्पन्न

5 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

जनकपुरधाम, पुस १९ गते

हिमाली इंग्लिश बोर्डिङ स्कुलको ३४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजीत कार्यक्रम लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मधेश प्रदेशका सभामुख राम आशिष यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र विकासको खाँचो रहेको बताएका छन्। उनले शिक्षा मानव विकासको मूल आधार भएको उल्लेख गर्दै सरोकारवाला निकायहरूलाई आ–आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्न विशेष आग्रह गरे।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा समाजसेवी श्रीनारायण साहले मधेश लाई शिक्षाको हब बनाउने घोषणा भए पनि तीनवटै तहका सरकारको फितलो कार्यशैलीका कारण मधेशको शिक्षा झनै खस्किँदै गएको तथ्याङ्कले देखाएको बताए। उनले नेताहरूको अझै चेत नखुलेको टिप्पणी गर्दै विद्यार्थीका लागि आज पनि गुरुकुल शिक्षा पद्धति उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गरे। साहले बक ध्यानम्, काग चेष्टा, स्वान निद्रा, अल्प आहारी र गृह त्यागीका सिद्धान्तहरू जीवनमा आत्मसात् गर्न विद्यार्थीहरू लाई आग्रह गरे।

हिमाली इंग्लिश बोर्डिङ स्कुलका प्राचार्य रमेश कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्राध्यापक संघ राराब इकाईका अध्यक्ष प्रा. मुक्तिनाथ साह, जनकपुरधाम उप महानगरपालिका वडा नं. २३ का अध्यक्ष, समाजसेवी तथा रवीन्द्र मेमोरियल टिचिङ अस्पतालका प्रमुख राघवेन्द्र प्रसाद साह, वडा नं. ५ का अध्यक्ष बेचन साह, खोजविन साप्ताहिकका सम्पादक कमल साह, राष्ट्रिय समाचार समिति (रासस) मधेश प्रदेश प्रमुख सुरेश झा, रवीन्द्र मेमोरियल टिचिङ अस्पतालका निर्देशक डा. शम्भु साह लगायतका वक्ताहरूले गुणस्तरीय शिक्षा पद्धति आजको अपरिहार्यता रहेकोमा जोड दिएका थिए।

सो अवसरमा विज्ञान प्रदर्शनी समेत आयोजना गरिएको थियो। प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका अत्याधुनिक प्रविधियुक्त सामग्रीहरू कलात्मक तथा उपयोगी रहेको अवलोकन कर्ताहरूले बताएका छन्। साथै, उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा प्रस्तुत गीत–संगीत तथा सांस्कृतिक कार्यक्रम कर्णप्रिय, दर्शनीय र प्रशंसनीय रहेको सहभागीहरूको प्रतिक्रिया थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..