नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशन सफल, जनकपुर जेसीज उत्साहित

8 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस १९ गते 

गत पुस ४ देखि ७ गतेसम्म जनकपुरधाममा सम्पन्न नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशन भव्य रूपमा सफल भएपछि आयोजक जनकपुर जेसीज उत्साहित देखिएको छ।

चार दिनसम्म चलेको महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको भन्दै देशभरका जेसीज आवद्ध युवाहरू बाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जनकपुर जेसीजले जनाएको छ। महाधिवेशन सफलताको विषयमा जानकारी दिन आज शनिबार जनकपुरधाम स्थित जेसीज भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।

पत्रकार सम्मेलनमा महाधिवेशनका निर्देशक सुधिर पजियारले सन् १९७६ मा स्थापना भएको जनकपुर जेसीजले आफ्नो ५० वर्षे यात्रामा यस वर्ष पाँचौँ पटक राष्ट्रिय महाधिवेशन आयोजना गर्न सफल भएको बताए। उनले महाधिवेशनले राष्ट्रियस्तरमा प्रशंसा पाएको भन्दै खुशी व्यक्त गरे।

पजियारका अनुसार महाधिवेशन आयोजना गर्न कुल १ करोड ८५ लाख रुपैयाँ खर्च भएको छ। जसमध्ये १ करोड १० लाख रुपैयाँ दर्ता शुल्कबाट संकलन गरिएको छ। बाँकी बक्यौता रकमहरू संकलन भइसकेपछि आयोजनामा घाटा नहुने आयोजकको दाबी छ।

महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबै निकाय, संघ–संस्था तथा व्यक्तिहरू प्रति जनकपुर जेसीजले आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..