“बचत आजका लागि मात्र होइन, भोलिका लागि पनि आवश्यक छ” – दिनेश शर्मा

25 दिन पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस १९ गते 

  वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। साधारण सभामा संस्थाको आर्थिक प्रगति, वार्षिक प्रतिवेदन र भावी योजना बारे विस्तृत छलफल भएको थियो।

राम आशिष मंडलको अध्यक्षतामा भएको कार्यक्रममा सभाका प्रमुख अतिथि पत्रकार तथा समाजसेवी दिनेश शर्माले सहकारी संस्थाको महत्व र बचत संस्कृतिको आवश्यकता विशेष रूपमा औँल्याउनुभयो। उहाँले भन्नुभयो“बचत केवल आजको लागि होइन, भोलिका लागि पनि अनिवार्य छ। आजको सानो–सानो बचत नै भोलिको ठूलो सहारा बन्न सक्छ। सदस्यहरूले आफ्नो पैसाको उचित व्यवस्थापन गर्न सिक्नुपर्छ र सहकारीको माध्यमबाट सामूहिक भावना, सहकार्य र आपसी विश्वास विकास गर्नुपर्छ।”

उहाँले सहकारी संस्थाबाट सुलभ र सहज ऋण सुविधा उपलब्ध हुनु आर्थिक सशक्तीकरणका लागि महत्त्वपूर्ण भएको बताउनुभयो। प्रमुख अतिथिले जोड दिनुभयो कि स्थानीय तहमा साना–सानो बचत र सहकारी प्रणालीले मानिसको जीवनस्तर सुधार गर्न सक्छ र भविष्यको आर्थिक सुरक्षा सुनिश्चित गर्न सक्छ।सहकारी विज्ञान हुन जसले समाज लाई सशक्तीकरण गरेको छ तर केही सहकारीले समाजमा नकारात्मक प्रभाव परेको प्रति सजग रहन शर्माले आग्रह गरेका थिए।

 

संस्थाका प्रमुख कार्यकारी अधिकृत जयनाथ मण्डलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक संकटका बाबजुद पनि संस्थाले निरन्तर र प्रभावकारी सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। उहाँले कोर बैंकिङ, मोबाइल बैंकिङ र एसएमएस बैंकिङ जस्ता आधुनिक प्रविधिको माध्यमबाट सदस्य–केन्द्रित सेवा विस्तार भएको उल्लेख गर्नुभयो। सो अवसरमा उहाँले संस्थाका पूर्व अध्यक्ष स्व. महेन्द्र मण्डल प्रति श्रद्धासुमन अर्पण गर्नुभयो।

 

साधारण सभामा २०८१ साउन १ देखि २०८२ असार ३२ सम्मको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नाफा ८९ लाख ६६ हजार३ रुपैयाँ थियो भने २०८१/०८२ मा नाफा बढेर २ करोड २२ लाख १४ हजार१७७ रुपैयाँ पुगेको छ। यसले संस्थाको आर्थिक अवस्था थप सुदृढ भएको संकेत गर्छ।

वैष्णवी सहकारी हाल चारवटा सेवा केन्द्र मार्फत सदस्यलाई सेवा दिँदै आएको छ – भानु चौक–जनकपुरधाम, तिनकौरीया –विदेह नगरपालिका, धनुषाधाम–धनुषाधाम नगरपालिका–३ र बेल्ही चौक–हंसपुर नगरपालिका–३ मा रहेका छन।

 

साधारण सभामा शेयरधनी सदस्य, कर्मचारी र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभाले आगामी दिनमा अझ प्रभावकारी, सदस्य–केन्द्रित सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..