साक्षर मधेश प्रदेश घोषणा तयारीमा सरकारको जोड

8 महीना पहिले प्रकाशित

 

मुकेश कुमार 

जनकपुरधाम, माघ २० गते ।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा तथा मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वय र सेभ द चिल्ड्रेनको सहजीकरणमा “साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी एकदिने गोष्ठी” जनकपुरधाममा सम्पन्न भएको छ।

गोष्ठीका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले साक्षरता केवल अक्षर चिन्ने विषय नभई नागरिक लाई आत्मनिर्भर, सचेत र जिम्मेवार बनाउने आधार भएको बताएका छन्।

“मधेश प्रदेशलाई साक्षर घोषणा गर्नु औपचारिक उपलब्धि मात्र होइन, सामाजिक रूपान्तरणको आधार हो,” मन्त्री पुनले भने, “यसका लागि प्रदेश, स्थानीय तह र समुदाय बीच बलियो सहकार्य आवश्यक छ।”

कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री माननीय रानी शर्मा तिवारीले साक्षर मधेश प्रदेश घोषणा लाई प्रदेश सरकारको प्राथमिक एजेन्डा रहेको स्पष्ट पारिन्।

“प्रदेशभित्र अझै पनि साक्षरतामा पछाडि परेका समुदायलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गरिनेछ,” उनले भनिन्, “स्थानीय तह सँगको समन्वय लाई प्रभावकारी बनाउँदै हामी लक्ष्य हासिल गर्नेछौं।”

गोष्ठीमा प्रदेश सभा सदस्यहरू, मन्त्रालयका सचिव तथा उपसचिव, स्थानीय तहका नगर प्रमुख तथा उप–प्रमुखहरू, नीति आयोगका सदस्यहरू, उच्चस्तरीय विज्ञ कार्यदलका संयोजक तथा सदस्यहरू, कार्यालय प्रमुख, शिक्षा प्रमुखहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा मधेश प्रदेश लाई साक्षर प्रदेश घोषणा गर्न आवश्यक मापदण्ड, वर्तमान अवस्था, चुनौती र आगामी कार्ययोजना बारे विस्तृत छलफल भएको आयोजकले जनाएको छ। सहभागीहरूले साक्षरता अभियानलाई दिगो बनाउन निरन्तर अनुगमन, स्रोत व्यवस्थापन र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..