आयुर्वेद पतञ्जली योग साधना केन्द्रको नवौं वार्षिक उत्सव सम्पन

8 महीना पहिले प्रकाशित

 

 

जितन मंडल 

यदुकुहा, धनुषा, पुस २३ गते 

“स्वस्थ रहवाक लेल योग आवश्यक, समाज सुधारक लेल ध्यान आवश्यक” भन्ने नारासहित आयुर्वेद पतञ्जली योग साधना केन्द्रको नवौं वार्षिक उत्सव आज बुधबार सम्पन्न भएको छ।

कार्यक्रम मधेस प्रदेशसभा सभामुख राम आशिष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा योग साधक, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

प्रमुख अतिथि यादवले आफ्नो मन्तव्यमा योग र ध्यानले व्यक्ति मात्र होइन, समाजलाई पनि सकारात्मक दिशातर्फ लैजाने बताउँदै स्वस्थ नागरिक नै समृद्ध प्रदेशको आधार भएको धारणा व्यक्त गरे। उनले योग, आयुर्वेद र संस्कृतिको संरक्षणमा यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए।

शहिदनगर नगरपालिका–३, यदुकुहा स्थित योग भवन आयुर्वेद औषधालयमा आयोजित कार्यक्रममा योग, ध्यान तथा आयुर्वेदको महत्व बारे विभिन्न विचार प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रम आयुर्वेद पतञ्जली योग साधना केन्द्र, शहिद नगर नगरपालिका वडा नं.–३ यदुकुहा, धनुषाको आयोजनामा सम्पन्न भएको हो।

rastriyaawaj@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..