सामाजिक–धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न आग्रह_ डीआईजी थपलिया

8 महीना पहिले प्रकाशित

 

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम, पुस २४ गते 

मधेश प्रदेश प्रहरी कार्यालयले सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्न सर्वसाधारण सँग आग्रह गरेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाले सामाजिक सञ्जाल मार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता खल्बल्याउने किसिमका अभिव्यक्ति तथा गतिविधि नगर्न अनुरोध गरेका छन्। राष्ट्रिय आवाज सँगको कुराकानीमा उनले सामाजिक मर्यादा र सार्वजनिक शान्ति सुव्य वस्थामा असर पर्ने कुनै पनि कार्य सह्य नहुने बताए।

डीआईजी थपलियाले सामाजिक सद्भावमा आँच पुर्याउने कार्य गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

पछिल्लो समय तराई–मधेशका केही जिल्लामा केही व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै द्वेष पूर्ण र भ्रामक अभिव्यक्ति दिएको पाइएकाले यसले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा गम्भीर असर पार्न सक्ने भन्दै प्रदेश प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रदेश प्रहरी कार्यालयले सबै नागरिकलाई संयमित र जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न तथा आपसी सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..