हंसपुर–७ मा सक्षम महिला कृषि सहकारीको १० औं साधारण सभा

19 दिन पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर धाम, पुस २६ गते 

हंसपुर नगरपालिका–७ नौवाखोर प्रसाहीमा अवस्थित सक्षम सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

सभामा हंसपुर नगरपालिकाकी उपमेयर दुर्गी देवी मण्डल प्रमुख अतिथि तथा नगरपालिकाका पूर्वमेयर राम ज्ञान मण्डल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। सभाको अध्यक्षता सहकारीकी अध्यक्ष सुशीला कुमारी मण्डलले गरेकी थिइन्।

सभालाई सम्बोधन गर्दै उपमेयर मण्डलले महिला मुखी सहकारीले गाउँको आर्थिक सबलीकरणमा योगदान दिइरहेको बताइन्। उनले भनिन्, महिलाहरू एकजुट भएर चलाएका सहकारीले आत्मनिर्भरता बढाएको छ, नगरपालिकाले सहकारी सँग सहकार्यलाई प्राथमिकता दिनेछ।

विशिष्ट अतिथि पूर्वमेयर मण्डलले संस्थाको आर्थिक अनुशासन र व्यवस्थापनको प्रशंसा गर्दै भने, “सदस्यको विश्वास नै सहकारीको ठूलो पूँजी हो, पारदर्शितालाई निरन्तरता दिनुपर्छ।”

साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म सहकारीको कुल शेयर सदस्य संख्या ५९० पुगेको छ भने ११७ जना ऋणी सदस्य रहेका छन्। सहकारीमा सात सदस्यीय सञ्चालक समिति, तीन सदस्यीय लेखा समिति, तीन सदस्यीय ऋण समिति तथा दुई जना कर्मचारी कार्यरत छन्।

आर्थिक विवरणअनुसार सहकारीले चालु आर्थिक वर्षमा २९ लाख ४३ हजार ५११ रुपैयाँ आम्दानी गरेको छ भने २७ लाख १२ हजार ८८२ रुपैयाँ खर्च गरेको छ। यस अवधिमा सहकारीले २ लाख ३० हजार ६२९ रुपैयाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ।

कुल खर्चमध्ये सबैभन्दा बढी खर्च सदस्यहरूको बचत ब्याज, ट्रयाक्टर इन्धन तथा सामग्री खरिदमा भएको छ। यस्तै, ट्रयाक्टर सञ्चालन बाट ९३ हजार २८० रुपैयाँ आम्दानी र ४५ हजार ८२९ रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।

साधारण सभामा शेयर सदस्य तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..