दाइजो प्रथा अन्त्यका लागि शिक्षा र नारी सशक्तीकरण अपरिहार्य : रेखा थापा

8 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम, पुस २६ गते

हाम्रो समाजमा गहिरो सँग जरा गाडेर बसेको दाइजो प्रथा अन्त्य गर्न शिक्षा र नारी सशक्तीकरण अत्यन्त आवश्यक रहेको चर्चित नायिका रेखा थापाले बताएकी छन्।

जनकपुरधाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नायिका थापाले दाइजो प्रथा केवल कानुनी विषय मात्र नभई सामाजिक चेतनासँग प्रत्यक्ष रूपमा जोडिएको समस्या भएको उल्लेख गरिन्। “कानुन बनेर मात्रै पुग्दैन, समाजको सोच परिवर्तन नभएसम्म दाइजो प्रथा अन्त्य हुँदैन,” उनले भनिन्।

उनले महिलाहरू शिक्षित, सचेत र आर्थिक रूपमा आत्मनिर्भर बन्न सके दाइजो जस्ता सामाजिक कुरीतिहरू स्वतः कमजोर हुँदै जाने धारणा राखिन्। दाइजो प्रथाका कारण धेरै महिलाहरू हिंसा, अपमान र अन्याय सहन बाध्य भइरहेको उल्लेख गर्दै उनले यसप्रति राज्य, समाज र परिवारको साझा जिम्मेवारी रहेको बताइन्।

कार्यक्रममा नायिका थापाले कलाकार, सञ्चारमाध्यम र सामाजिक अभियन्ताहरूले निरन्तर रूपमा यस्ता कुरीति विरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता औंल्याइन्। साथै, उनले महिला शिक्षा र सशक्तीकरण मार्फत मात्र समतामूलक समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरिन्। दाइजो विरुद्धको सामाजिक जागरण कार्यक्रम अन्तर्गत सिता नगरी जनकपुर धाममा अहिले छिन।

दाइजो प्रथा अन्त्य र सामाजिक जागरणको सन्देश बोकेको उक्त कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..