धनुषामा मगर समुदायको सांस्कृतिक उत्सव

6 महीना पहिले प्रकाशित

 

मुकेश कुमार ठाकुर 

जनकपुरधाम , पुस २६ गते– नेपाल मगर संघ जिल्ला समन्वय समिति धनुषाको आयोजनामा मगर समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि भव्य सांस्कृतिक उत्सव बिरेन्द्रबजारमा सम्पन्न भएको छ। कार्यक्रममा गणेशमान चारनाथ नगरपालिका र वरपरका क्षेत्रका हजारौं दर्शक उपस्थित थिए।

कार्यक्रमको सभापतित्व अध्यक्ष गंगा बलम्पाकी मगरले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका सह–अध्यक्ष गंगा बहादुर थापा मगर थिए। प्रमुख अतिथिले मगर समुदाय ऐतिहासिक रूपमा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने समुदाय भएको उल्लेख गर्दै राजनीतिक, सामाजिक र संवैधानिक निकायमा सक्रिय भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो।

उक्त उत्सवमा मगर समुदायका मौलिक नृत्य, गीत र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरियो। विशेष आकर्षणका रूपमा ‘द भ्वाइस अफ नेपाल सिजन–४’ का टिकाबहादुर मगरको सांगीतिक प्रस्तुति दर्शकले अत्यन्त रुचाएका थिए।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्तित्व र संस्थालाई सम्मान पनि गरिएको थियो। आयोजकका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य मगर भाषा, संस्कृति र भेषभूषाको संरक्षण गर्दै समुदायबीच एकता प्रवर्द्धन गर्नु हो।

नेपाल मगर संघ र गणेशमान चारनाथ नगरपालिकाको सह–आयोजनामा सम्पन्न उक्त उत्सवले मगर समुदायको पहिचान र सांस्कृतिक गौरवलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..