आर्थिक अनुशासन र पारदर्शितामा जोड दिँदै सजिलो सहकारीको १२ औँ साधारण सभा

18 दिन पहिले प्रकाशित

माेनु गुप्ता 

जनकपुरधाम/पुस २६ गते

सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा जनकपुरधाममा आर्थिक अनुशासन र पारदर्शितामा विशेष जोड दिँदै भव्य रूपमा सम्पन्न भएको छ।

साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष रामहृदय साहले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिव संजय चौधरी सहभागी रहनुभएको थियो। सभामा शेयरधनी सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा अध्यक्ष साहले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाले हासिल गरेका उपलब्धि, बचत तथा ऋण कारोबारको अवस्था, वित्तीय अनुशासन तथा व्यवस्थापन पक्षबारे जानकारी गराउनुभयो। उनले सहकारीको आर्थिक अवस्था थप सुदृढ बनाउन सदस्यहरूको सक्रिय सहभागिता, नियमित बचत र जिम्मेवार ऋण प्रयोग अपरिहार्य रहेको बताउनुभयो।

अध्यक्ष साहले आगामी दिनमा सेवा विस्तार, प्रविधि मैत्री सहकारी प्रणालीको विकास, पारदर्शी वित्तीय व्यवस्थापन तथा जोखिम न्यूनीकरण लाई प्राथमिकतामा राखेर काम गरिने उल्लेख गर्नुभयो। सहकारी संस्थालाई सदस्यको विश्वास र सहभागिता मार्फत दीगो बनाइने उनको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि संजय चौधरीले सहकारी क्षेत्रले स्थानीय आर्थिक सशक्तीकरण र वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। उहाँले सजिलो बचत तथा ऋण सहकारीले अनुशासन र पारदर्शिता लाई आत्मसात् गर्दै अघि बढेकोमा प्रशंसा गर्नुभयो।

साधारण सभामा विशिष्ट अतिथिका रूपमा संस्थाका संस्थापक अध्यक्ष तथा कपलेश्वर युवा कमिटीका अध्यक्ष मनोज साह, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष जेसी गौतम साह तथा जनकपुरधाम जेसीज वर्ष २०२५ का अध्यक्ष मुकेश साह इन्जिनियर सम्भु साह, नवीन महतो लगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले सहकारीको निरन्तर प्रगतिका लागि सबै सदस्यको सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमका क्रममा सहकारीको विकासमा उत्कृष्ट योगदान पुर्याउने कर्मचारी तथा शेयरधनी सदस्यहरूलाई सम्मान गरिएको थियो। साधारण सभामा आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि नीति तथा कार्यक्रमसमेत अनुमोदन गरिएको थियो।

अन्त्यमा अध्यक्ष रामहृदय साहले सभामा सहभागी सम्पूर्ण अतिथि, सदस्य, कर्मचारी तथा सरोकारवालाहरू लाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..