नेपाल मेडिकल एशाेसिएसनकाे अध्यक्षमा डा. यादव निर्वाचित
17 दिन पहिले प्रकाशित
ईन्द्र भुषण यादब
जनकपुरधाम, पुष २७ गते
नेपाल मेडिकल एशाेसिएसनकाे अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित भएका छन् । वरिष्ठ छालाराेग विशेषज्ञ डा. यादव जनकपुरधामकाे प्रादेशिक अस्पतालमा कार्यरत छन् । नेपाल चिकित्सक संघ ( NMA ) जनकपुर शाखाको नयाँ १३ कार्यसमिति चयन भएका छन् ।
१. अध्यक्षमा वरिष्ठ छालारोग विशेषज्ञ डा. रामज्ञान यादव
२. काेषाध्क्षमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रतीश सिंह
३. वरिष्ठ उपाध्यक्षमा डा. विजय कुमार कापर
४. उपाध्यक्षमा डा. निरञ्जन कुमार गोइत
५. महासचिवमा डा. विजय कुमार साह
६. सह सचिवमा डा. रबिन झा
७. सह कोषाध्यक्षमा डा. शम्भु साह
कार्यसमितिका सदस्यहरूमा
८. डा. जितेन्द्र ठाकुर
९. डा. रबिन प्रसाद साह
१०. डा. बलराम मण्डल
११. डा. ममता कुमारी साह
१२. डा. राम प्रताप साह र
१३ . डा. अश्विनी कुमार रञ्जन
निर्वाचित अध्यक्षदेखि सदस्यहरूको ३ वर्षको कार्यकाल रहने छ । मधेश प्रदेशको धनुषा, महोतरी र सर्लाहीका साथै सिन्धुली जिल्ला समेतको कार्यक्षेत्र रहेको जनाएको छ ।
चिकित्सकहरुकाे हकहित , पेशागत मर्यादा र जनस्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि हामी अझै सक्रिय र सशक्त बनाउने यादवले प्रतिबद्धता व्यक्त गरे ।