जनकपुर धाममा ११ औँ राष्ट्रिय योग दिवसको अवसरमा प्रभातफेरी

8 महीना पहिले प्रकाशित

 

 

विनोद कुमार साह

राष्ट्रिय आवाज

जनकपुरधाम, पुस ३० गते

"स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग" नाराका साथमा बिहानीको चिसो मौसम लाई चिर्दै आज जनकपुरधाम योगमय बन्यो । ११ औँ राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरधाम उप-महानगरपालिका आयुर्वेद तथा प्राकृ‌तिक चिकित्सा शाखा द्वारा आयोजित पतंजलि योगपीठ नेपाल धनुषा तथा महिला पतंजलि योग समिति धनुषाको संयुक्त सहयोगमा निकालिएको प्रभातफेरीले शहरका मुख्य मार्गहरूमा स्वास्थ्य, अनुशासन र आत्मशुद्धिको सन्देश फैलायो।

 

 

जानकी मन्दिरबाट सुरु भएको प्रभातफेरी मिल्स एरिया, भानुचौक, जनकचौक हुँदै सोनापट्टी परिक्रमा गरी पुनः जानकी मन्दिरमै पुगेर कोण सभामा परिणत भयो। प्रभातफेरीमा सहभागी योग साधक–साधिकाहरूले “योग गरौँ, निरोगी बनौँ” भन्ने नारासहित जनता लाई नियमित योग अभ्यास प्रति जागरुक गराए।

कोण सभामा पतंजलि योग समिति धनुषाका अध्यक्ष सन्जीव कुमार यादवले आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा योग अपरिहार्य भएको बताउनुभयो। उहाँले योग केवल शारीरिक अभ्यास मात्र नभई मानसिक शान्ति, आत्म अनुशासन र नैतिक जीवनको आधार भएको उल्लेख गर्नुभयो। साथै भोलि माघ १ गते बिहान ५ बजे देखि राजर्षी पतंजली योगपीठ जनकपुरधाममा योगाभ्यास तथा यज्ञ–हवन कार्यक्रम आयोजना गरिने र सोही दिन सात दिवसीय योग कार्यक्रमको समापन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा पतंजलि योग समिति धनुषाका अध्यक्ष सन्जीव कुमार यादव, उपाध्यक्ष विमल पण्डित ,मीडिया प्रभारी विनोद कुमार साह , योग शिक्षक कविराज मनोहर साह लगायत जिल्लाका सम्पूर्ण पदाधिकारीहरू, महिला योग साधिकाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

योग दिवसको अवसरमा आयोजित यस प्रभात फेरीले जनकपुरधाममा स्वस्थ जीवनशैली प्रति नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..