नेकपा माओवादी केन्द्रको तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोट र वडा नम्बर २ झुलेमा वडा सम्मेलन सम्पन्न

4 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
मंसिर ४, तामाकोशी ।
नेकपा माओवादी केन्द्रले तामाकोशी गाउँपालिका वडा नम्वर १ भिरकोट र वडा नम्बर २ झुलेमा वडा सम्मेलन सम्पन्न गरेको छ ।
नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश लेखा आयोग इन्चार्ज तथा मननिय विशाल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले कुमार कार्कीको अध्यक्षतामा २९ सदस्यीय झुले वडा कमिटी गठन गरेको छ । यस्तै नेकपा माओवादी केन्द दोलखा जिल्ला प्रदेश क्षेत्र क का अध्यक्ष बासुदेव पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रले दुर्गा थापाको अध्यक्षतामा २९ सदस्यीय भिरकोट वडा कमिटी गठन गरेको बताइएको छ । आज भएको कार्यक्रममा नेकपा एमालेका पुर्व वडा कमिटी भिरकोटका अध्यक्ष केशव काफ्लेलगाएत पार्टी प्रवेस गर्नुभएको नेकपा माओवादी केन्द्र जिल्ला समुन्वय समिती दोलखाका सदस्य टंक बहादुर खाती उद्धवले जानकारी दिनुभयो । उहाँका अनुसार तामाकोशी गाउँपालिका वडा नम्बर दुई झुलेमा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य ओम बहादुर के.सी. लगाएत पार्टी प्रवेश गर्नुभएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..