महेश बस्नेतको अभिव्यक्तिप्रति धनुषा चेम्बरको आपत्ति

9 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

जनकपुरधाम, माघ ७ गते

धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रयोग गरेको मैथिली भाषासम्बन्धी अभिव्यक्तिलाई भाषा, संस्कृति र मधेशी समुदायको सम्मान माथिको गम्भीर आघात भएको बताएका छन्। उनले “छौरा” शब्दको अर्थ नै नबुझी गरिएको टिप्पणीलाई गैरजिम्मेवार, भड्काउ र निन्दनीय भन्दै कडा आपत्ति जनाएका छन्।

अध्यक्ष साहले मैथिली भाषामा “छौरा” वा “छौंडा” भन्नाले भर्खरको ठिटो केटो बुझिने स्पष्ट पार्दै, यसलाई अपमानजनक अर्थमा प्रस्तुत गर्नु अज्ञानता मात्र नभई भाषिक अपमान भएको आरोप लगाए। “जुन भाषा बुझिँदैन, त्यस बारे टिप्पणी गर्नु बौद्धिकता होइन, मूर्खता हो,” उनको भनाइ छ।

साहले व्यङ्ग्यात्मक रूपमा महेश बस्नेत लाई तत्काल भारतको कराचीमा उपचार गराउनु पर्ने आवश्यकता रहेको टिप्पणी गर्दै, त्यसको खर्च जनकपुर धामवासीले व्यहोर्न तयार रहेको समेत बताए। 

 

 राष्ट्रिय आवाज सँग कुराकानी गर्दै उनले यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा गम्भीर असर पार्ने चेतावनी दिँदै, महेश बस्नेतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे। गैरजिम्मेवार अभिव्यक्तिको जति निन्दा गरे पनि कम हुने अध्यक्ष साहको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..