यदुकहा विद्यालयमा शैक्षिक सुधार मागसहित सात बुँदे ज्ञापन–पत्र

7 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका मागसहित आज मंगलबार सात बुँदे ज्ञापन–पत्र बुझाइएको छ।

शैक्षिक सुधार समितिको निर्णयअनुसार संयोजक सत्य नारायण साहको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक–अभिभावक संघ गठन, सामाजिक परीक्षण, वार्षिक कार्य योजना सार्वजनिक, सिकाइ उपलब्धि सुधार, अभिभावक भेला तथा शिक्षक–कर्मचारी विवरण सार्वजनिक गर्न माग गरिएको हो। ज्ञापन–पत्रको बोधार्थ शहिद नगरपालिका कार्यालय लाई समेत पठाइएको छ।

 

विद्यालयका प्रधानाध्यापक प्रदीप कुमार साहले विद्यालय सुधारका लागि समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताउँदै भने,

“विद्यालयको गुणस्तर सुधार सबैको साझा दायित्व हो, समितिको सुझावलाई सकारात्मक रूपमा लिइएको छु।”

त्यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष नागेन्द्र प्रसाद मण्डलले पारदर्शिता र जवाफदेहिता लाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै भने,

“विद्यालय व्यवस्थापनमा पारदर्शिता र अभिभावक सहभागिता बढाएर सुधार प्रक्रिया अघि बढाइनेछ।”

उनले स्थानीय सरकारको शिक्षा क्षेत्रमा प्राथमिकता कम देखिएको उल्लेख गर्दै शहिद नगरपालिकाले ३० वटा विद्यालयका भौतिक पूर्वाधार विकासका लागि मात्र २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको तथ्य समेत उद्रित गरे।

कार्यक्रममा अभिभावक, शिक्षक, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको  सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..