भयरहित निर्वाचन सुनिश्चित गर्न प्रशासन प्रतिबद्ध _ धनुषा प्रजिअ

15 घन्टा पहिले प्रकाशित

 

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम, माघ १४ गते 

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ , निष्पक्ष , भयमुक्त र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सम्पूर्ण धनुषा वासी सँग आग्रह गरिएका छन् । 

 

निर्वाचन लक्षित सुरक्षा गतिविधि सुरु भएका छन् । धनुषामा निर्वाचनलाई मध्ये नजर गर्दै मातहतका प्रहरी युनिट लाई निर्वाचन लक्षित गस्ती , पेट्रोलिङ, पिकेट, चेकजाँच लगायत कार्यक्रम प्रहरी परिचालन गरिएको छ । 

 

सीमा क्षेत्रमा हुने घुसपैठ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमित अनुगमन र गस्ती गरिएको छ । धनुषामा निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील , संवेदनशील र सामान्यरुपमा वर्गीकरण गरिएको छ । 

 

जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अति संवेदशनशील रहेको जनाएको छ । जिल्लामा रहेका ३२२ मतदान स्थलमध्ये १९४ अति अतिसंवेदशनशील,१०६ वटा संवेदशनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ ।

 

जिल्लामा मतदान केन्द्रको सङ्ख्या ६४५ छ । खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलहरुको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

 

एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखको सहभागितामा अति संवेदनशील मतदान स्थलको आज पनि अनुगमन गरिएको छ ।नेपाल–भारतको सीमानासँग जोडिएको मतदानस्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।

 

मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता छ । जसमा पुरुष दुई लाख ७६ हजार १२६ जना, महिला दुई लाख ३८ हजार ४३५ र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) १० जना मतदाता छन् ।

 

सो निर्वाचनमा ६ हजार ५ सय कर्मचारी खटिनेछ । खटिने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चारवटा निर्वाचन क्षेत्रमा १४२, क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ जना उम्मेदवार छन् । 

 

भयरहित , निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी सङ्गठन कटिबद्ध छ । सम्पूर्ण , आमनागरिक राजनीतिक दलको सुरक्षाका लागि प्रहरी तयार छ । शान्ति सुरक्षाकाे विषयलाई लिएर कसैले डर त्रास मान्नुपर्ने अवस्था छैन । 

 

पूर्णरुमा शान्ति , सुव्यवस्था र अमनचयन कायम गराइसकेका छाैँ । कानुन पालना गराउन नेपाल प्रहरी सदैव दत्तचित्त भएर खटिइएकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..