निर्वाचनलाई मध्ये नजर गर्दै मधेशमा सुरक्षा व्यवस्था काड

2 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम माघ १६ गते 

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्ये नजर गर्दै मधेस प्रदेशमा सुरक्षा व्यवस्था काड पारिएका छन् ।निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफल बनाउन प्रहरीले निर्वाचन सुरक्षा याेजना तयार पारिसकेको छ । 

 

निर्वाचन आयोगका पदाधिकारी सँगकाे छलफलका क्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाले सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाे जानकारी गराएका छन् । 

 

निर्वाचनमा शान्तिसुरक्षा बिथोल्न खाेज्ने जाेकाेही लाई कानुनकाे दायरामा लाएर कारबाही गर्न प्रदेश प्रहरीले बताए । 

 

निर्वाचनकाे समयमा मधेश प्रदेश प्रहरी कार्यालयले सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्न सर्वसाधारण सँग आग्रह गरेको छ।

 

डीआईजी थपलियाले सामाजिक सञ्जाल मार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता खल्बल्याउने किसिमका अभिव्यक्ति तथा गतिविधि नगर्न अनुरोध गरेका छन्। राष्ट्रिय आवाज सँगको कुराकानीमा उनले सामाजिक मर्यादा र सार्वजनिक शान्ति सुव्य वस्थामा असर पर्ने कुनै पनि कार्य सह्य नहुने बताए।

 

थपलियाले सामाजिक सद्भावमा आँच पुर्याउने कार्य गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

 

निर्वाचन सुरक्षाकाे पहिलो घेरामा नेपाल प्रहरी , दाेस्राेमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचन सुरक्षा चुनाैती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आफ्नो तयारी तीव्र पारेको थपलियाले जनाएका छन् । 

 

निर्वाचन , भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा याेजना निर्माण संयन्त्र परिचालन भएको प्रदेश प्रहरीले जनाएको छ । 

 

केही सुरक्षा शक्तिलाई तयारी अवस्थामा राखिएको छ । मर्यादित निर्वाचनकाे महत्त्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हाे । 

मधेस प्रदेशका सबै जिल्लाका मतदान स्थल निरीक्षणपछि प्रहरीले सुरक्षा चुनाैतीकाे अवस्थामा आधारमा तिनलाई तीन भागमा वर्गीकरण गरेको छ । 

 

जेन - जी आन्दोलनपछि सुरक्षा चुनाैतीकाे दृष्टिकोणले मतदान स्थललाई प्रहरीले सामान्य संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको छ । 

 

निर्वाचनका लागि मधेश प्रदेशमा ४ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको छ । मधेशकाे ८ वटै जिल्लामा ४ हजार ४७१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश प्रहरीले जनाएको हाे । 

 

सुरक्षा चुनाैती भएको केन्द्रलाई अति संवेदनशील र नभएको ठाउँमा मतदान स्थललाई सामान्य वर्गीकर गरिएको छ । 

 

प्रदेश प्रहरीका अनुसार मधेशका एक हजार २ सय ४६ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ । प्रदेशको सबै जिल्लाका कुल १६० मतदान केन्द्रलाई मात्रै सामान्य वर्गीकरणमा राखिएको छ । 

 

सुरक्षाको दृष्टिकोणले सप्तरी जिल्लाका मतदान केन्द्र सबैभन्दा बढी ‘रेड जोन’मा रहेको छ । सप्तरीमा २९६ मतदान स्थल मध्ये २०९ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

त्यस्तै सिराहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ र बाराका १४५ मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको छ । ८ वटै जिल्लामा ७६३ वटा मतदान स्थललाई संवेदनशीलको सूचीमा छ । सर्लाहीमा सबैभन्दा बढी १३१ मतदान स्थल संवेदनशील सूचीमा छ । सुरक्षा चुनौती भएको मतदान स्थलमा प्रहरी परिचालन गर्ने रणनीति तयार पारिएको छ ।

 

८ वटै जिल्लामा व्यापक संख्यामा नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गरिने तयारी गरिएको छ । सुरक्षाका तीन वटै निकायबाट गरी मधेशमा ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज खटाइने तयारी गरिएको बताइन्छ । मधेशमा करिब ४० हजार नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने तयारी गरिएको छ ।

 

प्रदेश प्रहरीले भनेका छन्, “हामी मतदान प्रक्रियालाई पूर्णरूपले सुरक्षित बनाउने लक्ष्यमा छौँ। मतदान स्थलसम्म प्रहरी उपस्थिति सुनिश्चित हुने र मतदाता तथा उम्मेदवार दुबैलाई सहज वातावरण प्रदान हुने अपेक्षा गरिएको छ प्रदेश प्रहरी । 

 

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जुनसुकै उमेदवार लाई कानुन काे कटघरामा लाई कानुन बमोजिम कारबाही गर्ने प्रदेश प्रहरीले जनाएको हाे । निर्वाचनमा विद्यालय र बालबालिकाे प्रयोग नगर्न प्रदेश प्रहरीले आग्रह गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    मोनू गुप्ता  जनकपुरधाम , चैत्र २ गते  जनकपुर धामका धार्मिक तथा सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण, व्य..

  दीपक श्रेष्ठ मण्डल  चैत्र १ गते,जनकपुरधाम   श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालयले शैक्षणिक प्रदर्शन..

  राष्ट्रिय आवाज  जनकपुर धाम,१६ फागुन  धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित हरिहरेश्वर मन्दिर परिसर ..

  मोनु गुप्ता  जनकपुरधाम, फागुन १२ गते   धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत धनौजी गाउँपालिका राष्ट्रिय स्..

  धिरेश दत्त जनकपुर धाम, फागुन ११ गते  महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल..