फागुन २१ को निर्वाचनका लागि धनुषामा भरपर्दो सुरक्षा रणनीति तयार : एसपी कुवर

1 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादव

राष्ट्रिय आवाज

जनकपुरधाम, माघ १९ गते

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनुषा जिल्लामा भरपर्दो सुरक्षा रणनीति तयार भइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लाभर कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगम बहादुर कुवरले राष्ट्रिय आवाज सँगको कुराकानीमा बताए।

एसपी कुवरका अनुसार निर्वाचनमा नेपाल प्रहरीले कुनै पनि राजनीतिक दलको पक्ष नलिई तटस्थ भूमिकामा रहेर सुरक्षा व्यवस्था मिलाउनेछ। उनले उम्मेदवार, राजनीतिक दल तथा सरोकारवाला निकायसँग निरन्तर सम्पर्कमा रही निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने निर्देशन प्रहरीलाई दिइसकिएको बताए।

 

आसन्न निर्वाचन लाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाको अवस्था, चुनौती र तयारीबारे स्थलगत अनुगमनसमेत गरिएको प्रहरीको भनाइ छ। धनुषा प्रहरीका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल लाई अतिसंवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ।

 

प्रहरीले अतिसंवेदनशील मतदानस्थलहरूमा निगरानी कडा पारिसकिएको जनाएको छ। “हाल सादा पोसाकमा प्रहरी परिचालन गरी सूचनाको संकलन भइरहेको छ भने अन्य सुरक्षा व्यवस्थापकीय कार्यहरू पनि निरन्तर रूपमा अघि बढिरहेका छन्,” धनुषा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मोबाइल टोली, सादा पोसाकका प्रहरी तथा रिजर्भ फोर्समार्फत आवश्यक जनशक्ति परिचालन भइसकेको जानकारी दिएको छ।

निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति र संस्थामाथि निगरानी बढाइएको प्रहरीको भनाइ छ। यस्ता गतिविधिमा संलग्नलाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ। साथै, सर्वसाधारणलाई आचारसंहिता पालना गर्न प्रहरीले आग्रह गरेको छ।

फिल्डमा खटिएका कमाण्डरहरू निर्वाचन लक्षित सुरक्षा कारबाही गर्न स्वतन्त्र रहने र निर्वाचनका लागि परिचालित प्रहरी कर्मचारीहरूलाई मर्यादित, संयमित र सभ्य व्यवहार गर्न निर्देशन दिइएको एसपी कुवरले बताए।

निर्वाचनको समयमा कुनै पनि मानवीय क्षति हुन नदिन सुरक्षा चुनौती, विद्यमान अवस्था र सम्भावित जोखिमबारे अन्य सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय र सहकार्य कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    मोनू गुप्ता  जनकपुरधाम , चैत्र २ गते  जनकपुर धामका धार्मिक तथा सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण, व्य..

  दीपक श्रेष्ठ मण्डल  चैत्र १ गते,जनकपुरधाम   श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालयले शैक्षणिक प्रदर्शन..

  राष्ट्रिय आवाज  जनकपुर धाम,१६ फागुन  धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित हरिहरेश्वर मन्दिर परिसर ..

  मोनु गुप्ता  जनकपुरधाम, फागुन १२ गते   धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत धनौजी गाउँपालिका राष्ट्रिय स्..

  धिरेश दत्त जनकपुर धाम, फागुन ११ गते  महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल..