कुपोषण न्यूनीकरणका लागि जीवनका लागि पोषण कार्यक्रम प्रभावकारी बनाइने : मन्त्री राय

1 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता

जनकपुरधाम, माघ २० गते

हेलन केलर इन्टरनेशनलको सहकार्यमा सञ्चालन हुँदै आएको जीवनका लागि पोषण (Nutrition for Life–N4L) कार्यक्रमअन्तर्गत प्रदेश स्तरीय परिचयात्मक बैठक जनकपुरधाममा सम्पन्न भएको छ।

मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल रायको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा मधेश प्रदेशमा विद्यमान कुपोषणको अवस्था, कार्यक्रमका उद्देश्य, लक्षित समुदाय तथा कार्यान्वयन रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। बैठकमा विशेषगरी सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएका मुसहर र डोम , चमार समुदाय लगायतका लाई प्राथमिकतामा राखेर पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने विषयमा जोड दिइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री रायले मधेश प्रदेशमा कुपोषण अझै गम्भीर चुनौतीका रूपमा रहेको बताए। कुपोषण न्यूनीकरणका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले गैरसरकारी संस्था, विकास साझेदार र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको धारणा राखे।

“जोखिममा रहेका समुदायको स्वास्थ्य र पोषण अवस्थामा सुधार ल्याउन लक्षित, तथ्यमा आधारित र दिगो कार्यक्रम आवश्यक छ,” मन्त्री रायले भने।

बैठकमा हेलन केलर इन्टरनेशनलका प्रतिनिधिहरूले Nutrition for Life (N4L) कार्यक्रमअन्तर्गत सञ्चालन गरिने गतिविधि, कार्यक्षेत्र, लाभ ग्राही समूह तथा अपेक्षित उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए। मातृ तथा शिशु पोषण सुदृढीकरण, बालबालिकाको पोषण अवस्था सुधार तथा समुदायस्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रमका प्रमुख उद्देश्य रहेको जानकारी गराइएको थियो।

कार्यक्रममा मधेश प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मी, स्थानीय तहका प्रतिनिधि, विकास साझेदार संस्था तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम सफल बनाउन प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको सुझाव दिएका थिए।

बैठकबाट मधेश प्रदेशमा कुपोषण न्यूनीकरणका लागि Nutrition for Life (N4L) कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोजचन्द्र न्यौपानेले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह, महिला तथा बालबालिका विकास समितिकी सभापति माननीय रुपा कुमारी, प्रदेश प्रयोगशालाका निर्देशक राजीव झा, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक विपिन साह, आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक नागेन्द्र यादव, स्वास्थ्य निर्देशनालयका पोषण फोकल पर्सन विनोद यादव तथा हेलन केलर इन्टरनेशनलका प्रदेश प्रबन्धक शशि देव शाहको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    मोनू गुप्ता  जनकपुरधाम , चैत्र २ गते  जनकपुर धामका धार्मिक तथा सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण, व्य..

  दीपक श्रेष्ठ मण्डल  चैत्र १ गते,जनकपुरधाम   श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालयले शैक्षणिक प्रदर्शन..

  राष्ट्रिय आवाज  जनकपुर धाम,१६ फागुन  धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित हरिहरेश्वर मन्दिर परिसर ..

  मोनु गुप्ता  जनकपुरधाम, फागुन १२ गते   धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत धनौजी गाउँपालिका राष्ट्रिय स्..

  धिरेश दत्त जनकपुर धाम, फागुन ११ गते  महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल..