शिक्षाको पहुँच विस्तार गर्दै जनकपुरधाम–१३ को खेल्दै सिक्ने केन्द्र

7 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, माघ २२ गते 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ मा सञ्चालित खेल्दै सिक्ने केन्द्रको आज सहयोगी निकायका प्रतिनिधिहरूले अनुगमन गरेका छन्। विद्यालय बाहिर रहेका तथा विभिन्न कारणले पढाइ छोडेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यसहित केन्द्र सञ्चालन हुँदै आएको छ।

“निःशुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ” भन्ने नाराका साथ सञ्चालनमा रहेको केन्द्रमा बालमैत्री वातावरणमा सिकाइ कार्यक्रम सञ्चालन गरिँदै आएको छ। केन्द्रमा डिजिटल लाइब्रेरीसहित विभिन्न शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ, जसले बालबालिकालाई खेलमार्फत सिक्ने अवसर प्रदान गरेको छ।

वडा नं. १३ का अध्यक्ष जीतबहादुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनिसेफ नेपालका शिक्षा प्रमुख नेबेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा खेल्दै सिक्ने केन्द्रकी अध्यक्ष उषा साहको विशेष उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा कक्षा सञ्चालन, सिकाइ विधि, बालबालिकाको सहभागिता तथा शैक्षिक वातावरणको अवलोकन गरिएको थियो। अनुगमन टोलीले सीमित स्रोत साधनका बाबजुद केन्द्रले विद्यालय बाहिर रहेका बालबालिकालाई प्रभावकारी रूपमा शिक्षामा जोड्न सफल भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएको छ।

कार्यक्रममा बोल्दै युनिसेफ नेपालका शिक्षा प्रमुख नेबेलले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन सामुदायिक सिकाइ केन्द्रहरूको भूमिका महत्वपूर्ण रहेको बताए। “यस्ता केन्द्रहरूले समावेशी शिक्षाको लक्ष्य हासिल गर्न सहयोग पुर्याउँछन् ,” उनले भने।

वडा अध्यक्ष राउतले शिक्षाबाट कोही पनि बञ्चित नहोस् भन्ने उद्देश्यसहित वडा कार्यालयले सामुदायिक पहललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। केन्द्रकी अध्यक्ष उषा साहले समुदाय, स्थानीय सरकार र विकास साझेदार संस्था बीचको सहकार्यले मात्र शिक्षामा दीगो सुधार सम्भव हुने बताइन्।

कार्यक्रमको उद्घोषण सामाजिक परिचालिका सिर्जना झाले गरेकी थिइन्। अनुगमन कार्यक्रममा युनिसेफ नेपालकी क्याली, वैशाली प्रधान, युनिसेफ जनकपुरका इन्द्र गुप्ता, एसओडिसीसी पर्साकी सचिव निर्मला भण्डारी, समुन्नत नेपालका नवराज जोशी , रेविता कुमारी, राम एकावाल महरा लगायत विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूले केन्द्र अन्तर्गत सञ्चालनमा रहेको सी.एल.सी. तथा डिजिटल ल्याबको समेत अवलोकन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..