राजीव झाको ‘सरप्राइज मूभ’ मनिष झालाई खुला समर्थन

8 महीना पहिले प्रकाशित

 

 

डि एस मंडल 

जनकपुरधाम, माघ २८ गते

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी माहोल बीच अप्रत्याशित राजनीतिक घटनाक्रम देखिएको छ। रेशम चौधरी, राजेन्द्र महतो र अशोक राइको समर्थनमा अघि बढेका राजीव झाले अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झालाई खुला समर्थन गर्ने निर्णय गरेका छन्।

 

झा आजै औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ। उनलाई रास्वपा प्रवेश गराउन उम्मेदवार मनिष झाको सक्रिय भूमिका रहेको बुझिएको छ।

यस विषयमा विस्तृत जानकारी दिन झाले आज दिउँसो व्यापार संघमा १२ बजे पत्रकार सम्मेलन आयोजना गर्ने छन्। उनले राष्ट्रिय आवाज सँग कुरा गर्दै आफ्नो निर्णयबारे औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।

धनुषा–३ मा झाको यो ‘सरप्राइज मूभ’ ले चुनावी समीकरणमा नयाँ तरंग ल्याउने विश्लेषण गरिएको छ। स्थानीय राजनीतिक वृत्तमा यसको प्रभावबारे चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..