राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सव सम्पन्न

5 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

फागुन ७ गते, जनकपुरधाम

राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवको अवसरमा जनकपुरधाम पत्रकार महासंघमा ‘निर्वाचन आचारसंहितामा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रासस मधेस प्रदेश कार्यालयद्वारा आयोजना गरिएको हो।

 

कार्यक्रममा वक्ताहरूले आसन्न निर्वाचन विशेष र महत्वपूर्ण भएकाले यसलाई मर्यादित, निष्पक्ष तथा शान्तिपूर्ण बनाउन सञ्चार क्षेत्रको भूमिका निर्णायक हुने बताएका छन्। उम्मेदवारहरू प्रति कुनै भेदभाव नगरी सत्य, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइयो। भ्रामक सूचना र दुष्प्रचार नियन्त्रण गर्दै मतदाता सम्म सही सूचना पुर्याउन सञ्चारमाध्यम सक्रिय हुनुपर्ने धारणा राखियो।

धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाष बाबु पुरीले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सञ्चार क्षेत्रको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। 

 

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले शान्ति–सुरक्षा मजबुत बनाइएको जानकारी दिँदै निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुगम बहादुर कुँवरले निर्वाचनलाई धाँधली रहित बनाउन सुरक्षा संयन्त्र सतर्क रहेको बताउनुभयो।

निर्वाचन आचारसंहिता बारे कार्यपत्र प्रस्तुत गर्दै अनुगमन अधिकृत कृष्ण गैरेले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सञ्चारकर्मीको सहयोग आवश्यक रहेको बताउनुभयो। नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन साहले पत्रकारहरूले जिम्मेवार र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।

रासस मधेस प्रदेश कार्यालय प्रमुख सुरेश झाले वार्षिकोत्सव लाई समसामयिक विषयमा बहस गर्ने अवसरका रूपमा उपयोग गरिनुपर्ने बताउनु भयो।

कार्यक्रममा राष्ट्रिय आवाज सँग सम्बन्धित सञ्चारकर्मी तथा अन्य पत्रकारहरूले डमी उम्मेदवार खडा गरी प्रचार बिना सवारी साधनको दुरुपयोग, अत्यधिक गाडी प्रयोग, सहरभरि अनावश्यक पोस्टर–पम्पलेट टाँस्ने प्रवृत्ति, तडकभडक र खर्चिला गतिविधि नियन्त्रण गर्न निर्वाचन आयोग र प्रशासनको ध्यानाकर्षण गराएका थिए।कार्यक्रममा विभिन्न पत्रकार तथा रासस कर्मीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..