धनौजीमा खुलेआम आक्रमण: रास्वपा अध्यक्ष शम्भु माथि कुटपिट, कानुनी राज्यमाथि चुनौती

6 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, फागुन १२ गते

 

धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत धनौजी गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय अध्यक्ष शम्भु साह माथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। घटनापछि स्थानीय स्तरमा राजनीतिक तनाव बढेको छ भने दोषी माथि कारबाहीको माग उठ्न थालेको छ।

 

पीडित साहका अनुसार धनौजी गाउँपालिका–३ का ग्यास व्यवसायी तथा नेकपा एमाले सँग आबद्ध तणवीर साफी, फिरोज साफी र सरिफ साफीले आज मंगल बार करिब ११ बजे सैलुन बाट निस्कने क्रममा आफू लाई घेराबन्दी गरी आक्रमण गरेका हुन्।

“काम सकेर बाहिर निस्किने बित्तिकै तीन जनाले एक्कासी कुटपिट सुरु गरे। म जोगिन प्रयास गर्दा पनि अन्धाधुन्ध प्रहार गरिरहे। स्थानिय एक रिक्सा चालकको सहयोगमा मात्रै बाँच्न सफल भएँ को ,” साहले राष्ट्रिय आवाज लाई बताए।

 

साहले आफू १२ वर्ष खाडी मुलुकमा श्रम गरी देशका लागि रेमिट्यान्स पठाएको उल्लेख गर्दै पछिल्लो समय राजनीतिमा सक्रिय भएको बताए। “म बालेन शाहको विचार बाट प्रभावित भएर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको हुँ। यदि म विरुद्ध कुनै असन्तुष्टि थियो भने कानुनी प्रक्रिया अपनाउन सकिन्थ्यो। यसरी कुटपिट गर्नु मानवअधिकारको हनन मात्र होइन, कानुनी राज्यप्रतिको अवहेलना हो,” उनले भने।

 

घटना पछि साहलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको आकस्मिक कक्षमा भर्ना गरिएको छ। प्रादेशिक अस्पताल जनकपुर धाममा इमरजेन्सीमा कार्यरत डक्टर अजित सिंहका अनुसार उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ र औषधोपचार भइरहेको छ। अवस्था सामान्य भए पनि निगरानीमा राखिएको चिकित्सकले जनाएका छन्।

 

घटनाबारे स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराइएको साहले बताए। यस विषयमा औपचारिक जाहेरी दर्ता प्रक्रिया अघि बढिरहेको स्रोतले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको र दोषी देखिए कानुनी कारबाही हुने जनाएको छ।

उक्त घटनालाई लिएर धनौजी क्षेत्रमा राजनीतिक वृत्तमा आरोप–प्रत्यारोप सुरु भएको छ। रास्वपाका स्थानीय कार्यकर्ताले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

स्थानीयवासीका अनुसार पछिल्लो समय निर्वाचन क्षेत्र नं. ३ मा विभिन्न दलका गतिविधि तीव्र बनेका बेला यस्तो घटना हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..