श्री गोगल प्रसाद नमूना माविमा शैक्षणिक प्रदर्शनी

6 महीना पहिले प्रकाशित

 

दीपक श्रेष्ठ मण्डल 

चैत्र १ गते,जनकपुरधाम

  श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालयले शैक्षणिक प्रदर्शनी–२०८२ आयोजना गरी विद्यार्थीहरूले तयार गरेका विज्ञान, सामाजिक तथा कला विषयसँग सम्बन्धित विभिन्न परियोजना तथा सिर्जनाहरूको प्रदर्शनी गरेको छ।

कार्यक्रमको औपचारिक उद्घाटन जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले गर्नुभएको थियो। उद्घाटनपछि प्रदर्शनी अवलोकन गर्दै उहाँले विद्यार्थीहरूले तयार गरेका विभिन्न नमूनाहरूको प्रशंसा गर्नुभयो।

 

प्रमुख अतिथि मेयर साहले यस्ता शैक्षणिक प्रदर्शनीले विद्यार्थीहरूमा अनुसन्धान, सिर्जनशीलता र व्यवहारिक सिकाइको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “पुस्तकमा मात्र सीमित शिक्षा पर्याप्त हुँदैन। प्रयोगात्मक अभ्यास र सिर्जनात्मक गतिविधिले विद्यार्थीको सोच र क्षमता विकास गर्छ।”

प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, वातावरण, प्रविधि, समाज तथा कला सम्बन्धी विभिन्न परियोजना र मोडेलहरू प्रस्तुत गरेका थिए।

विद्यालयका प्रधानाध्यापक महाविर दासले विद्यार्थीहरूले कक्षामा सिकेको ज्ञानलाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने अवसर यस्ता कार्यक्रमले प्रदान गर्ने बताउनुभयो। कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय समुदायका सदस्यहरूको उपस्थिती रहेको थियो।

rastriyaawaj@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..