शैक्षिक प्रदर्शनीमा उत्कृष्ट विद्यार्थी सम्मानित

5 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, चैत्र ६ गते

जनकपुरधाम–२४ स्थित श्री गोग्ल प्रसाद नमूना माध्यमिक विद्यालयमा आयोजित शैक्षिक प्रदर्शनी २०८२ का उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको छ।

 

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा संस्थापक परिवारका सदस्य शत्रुघन प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय एकाई धनुषाका प्रमुख चेतकुमार पोख्रेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महावीर दास, सह–प्रधानाध्यापक राजनारायण मण्डल, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रदर्शनीमा विभिन्न कक्षाका विद्यार्थीहरुले सिर्जनशील तथा व्यवहारिक परियोजनामार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए। कक्षा ११ तर्फ Geometrical Shapes शीर्षकमा अजय कुमार दास, राज थारु र केशव कर्ण प्रथम भए। 

कक्षा ९ ‘बी–१’ का शिवम साह, आदर्श साह र प्रिन्स दास Vexara AI परियोजनामा द्वितीय बने भने सोही कक्षाका ऋषु सिंह, प्रतीक्षा ठाकुर, श्रेय शर्मा र कृति कर्णको समूह तृतीय स्थानमा रह्यो।

त्यसैगरी कक्षा ८ ‘ए’ तर्फ Robot परियोजनामा प्राची कर्ण, खुशी कुमारी, आरती कुमारी मण्डल, सरस्वती साह र सोनी कुमारी साह लगायतका विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीमा सिर्जनशीलता र व्यवहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। विद्यालय अध्यक्ष शर्मा तथा प्रधानाध्यापक दासले पनि यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने धारणा व्यक्त गरे।

विद्यालयले आगामी दिनमा यस्ता प्रदर्शनी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..