मुसहर समुदायलाई नागरिकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम

4 महीना पहिले प्रकाशित

 

अर्जुन कुमार साह 

जनकपुर धाम, चैत्र ६ गते 

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदायलाई लक्षित गरी नागरिकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम लुथरन वल्ड फेडरेशन नेपालको सहयोग,लुथरन सामुदायिक कल्याण समाजको समन्वय र ऋषीबंश एकता सेवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य मुसहर समुदायमा नागरिकता प्राप्ति सम्बन्धी कानुनी प्रावधान, आवश्यक कागजात, प्रक्रिया तथा नागरिकता नहुँदा भोग्नुपरेका समस्याबारे जानकारी गराउनु रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई जन्मदर्ता, नागरिकता तथा नागरिकता सिफारिस प्रक्रियाबारे जानकारी गराउदै पिडितलाई थप सहयोग गर्न पैरवी वारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा विशेषगरी अभिभावक सँग नागरिकता नहुनु, आवश्यक कागजातको अभाव, प्रक्रिया सम्बन्धी जानकारी कमी तथा सिफारिस लिन कठिनाइ जस्ता समस्याहरू बारे छलफल गरिएको थियो । वक्ताहरूले नागरिकता प्रत्येक नागरिकको मौलिक अधिकार भएकाले मुसहर समुदाय जस्ता पछाडि परेका वर्गसम्म यसको पहुँच सुनिश्चित गर्न स्थानीय तह र सम्बन्धित निकायको सहकार्य आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा २५ जना मुसहर समुदायका महिला, पुरुष तथा युवाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले नागरिकता सम्बन्धी अन्योल हटाउन तथा आवश्यक प्रक्रिया बुझ्न सहज भएको बताएका थिए ।

कार्यक्रमको अन्त्यमा मुसहर समुदायका नागरिकलाई नागरिकता प्राप्तिमा सहजीकरण गर्न स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीच निरन्तर समन्वय र पैरवी आवश्यक रहेको निष्कर्ष निकालियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..