बाल अधिकारका लागि राज्य–नागरिक सहकार्य जरुरी : रंजिता

5 महीना पहिले प्रकाशित

 

मोनू गुप्ता 

जनकपुरधाम, चैत १२ गते 

बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको “नागरिक समाज सबलीकरण परियोजना” सम्बन्धी परिचयात्मक कार्यक्रम बिहीबार जनकपुरधाममा सम्पन्न भएको छ।

 

सबल नेपालको आयोजनामा तथा नागरिक समाज सबलीकरण परियोजनाको सहयोगमा आयोजित कार्यक्रममा प्रमुख अतिथी उपसचिव, प्रदेश नीति तथा योजना आयोगकी रंजिता साहले बालबालिकाहरुको हक–अधिकार सुनिश्चित गर्न राज्य र नागरिक समाज बीचको सहकार्य अपरिहार्य रहेको बताइन्। उनले यस्ता परियोजनाले नीति निर्माण देखि कार्यान्वयन सम्म सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

 

कार्यक्रममा सहभागीहरूले बाल अधिकार संरक्षणका चुनौती, अवसर तथा स्थानीय तहमा नागरिक समाजको भूमिकाबारे छलफल गरेका थिए। परियोजनामार्फत समुदायस्तरमा जनचेतना अभिवृद्धि, बालमैत्री वातावरण निर्माण तथा बाल अधिकार उल्लंघन न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका वन अधिकृत राम युगल साह, प्रदेश समन्वय अधिकृत संजिव महतो, वरिष्ठ महिला विकास अधिकृत निर्मला मिश्र, महिला विकास अधिकृत दीपिका कर्ण, इन्सेकका प्रदेश संयोजक राजु पासवान तथा नील हिरा समाजका प्रदीप कुमार यादव लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..