शहीदनगरमा १२ कोठे विद्यालय भवन शिलान्यास

5 महीना पहिले प्रकाशित

जितन मण्डल

जनकपुरधाम, चैत १३ गते, शुक्रबार

 राम नवमीको दिनमा धनुषाको शहीदनगर नगरपालिका–३ स्थित श्री जनता एकाई माध्यमिक विद्यालय, यादुकाहामा १२ कोठे नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ।

नेपाली कांग्रेसकी नेतृ मुक्ता यादवले प्रमुख अतिथिका रूपमा शिलान्यास गर्दै विद्यालयमा कक्षाकोठा अभाव रहेको जानकारी पाएपछि पहल गरिएको बताइन्। उनका अनुसार करिब तीन करोड रुपैयाँको लागतमा निर्माण हुने भवनले विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप साहले सहयोग गर्ने सबै सहयोगी हात प्रति आभार व्यक्त गरे।

शिलान्यास कार्यक्रममा शहीदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादव, स्थानीय नागरिक समाज, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

rastriyaawaj@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..