अनलाइन पत्रकारितालाई सशक्त बनाउने दुई दिने तालिम

5 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

ढल्केवर, चैत्र २५ बुधबार 

 आमसञ्चार प्राधिकरणको आयोजनामा मधेस प्रदेशमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चारकर्मीहरूका लागि सञ्चालन गरिएको दुई दिने समाचार लेखन तथा सम्पादन तालिम बुधबार ढल्केवरस्थित कोमल होटेलमा सम्पन्न भएको छ।

प्रदेशका आठवटै जिल्ला बाट सहभागी करिब ६० जना सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित उक्त तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

तालिमको उद्घाटन मधेस प्रदेशका अर्थमन्त्री महेश यादवले दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटनका क्रममा उनले अनलाइन सञ्चारमाध्यमहरूलाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे।

उद्घाटन सत्र आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आमसञ्चार प्राधिकरणका निमित्त प्रशासकीय प्रमुख सन्तोषकुमार साहले व्यवस्थापनमा सहयोग पुर्‍याएका थिए।

 

तालिमको पहिलो र दोस्रो दिन नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा तथा पत्रकार प्रशिक्षक कृष्ण अधिकारीले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा अनलाइन पत्रकारिताको बढ्दो प्रभाव, समाचार सङ्कलनका आधुनिक विधि, सम्पादनका प्राविधिक पक्ष तथा पत्रकारिता आचार संहिताका विषयमा विस्तृत जानकारी दिइएको थियो।

यसैगरी समाचारको संरचना, प्रभावकारी शीर्षक लेखन तथा डिजिटल प्लेटफर्ममा समाचारको विश्वसनीयता कायम राख्ने उपायबारे पनि सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।

मधेस प्रदेशमा हाल १०४ वटा अनलाइन सञ्चारमाध्यम दर्ता रहेका छन्। तालिममा सहभागी सञ्चारकर्मीहरूले यस्ता कार्यक्रमले आफ्नो पेशागत सीप निखार्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।कार्यक्रम समापनपछि सहभागी सबै सञ्चारकर्मीहरू लाई प्रमाणपत्र प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..