प्रमुख अतिथि र विशेष अतिथि अनुपस्थित हुँदा कार्यक्रम नै फितलो

6 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल 

जनकपुरधाम चैत्र २५ गते 

 

भाषा आयोगले आयोजना गरेको सरकारी कामकाजमा भाषा प्रयोग सम्बन्धी सहजीकरण अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथि र विशेष अतिथि अनुपस्थित हुँदा केवल औपचारिकतामा सीमित बनेको छ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले कार्यक्रमको दौरान प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र शिक्षा मन्त्री रानी शर्मा तिवारी लाई पटक–पटक फोन गरेर उपस्थित हुन आग्रह गरे पनि कोही उपस्थित हुन सकेनन्।

कार्यक्रममा विभिन्न भाषाका प्रतिनिधि उपस्थित थिए। यस अवसरमा मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडीले भाषालाई व्याकरणको आधारमा मान्यता दिनुपर्ने आवश्यकता औँल्याए।

साथै, जनजाति महासंघ मधेस प्रदेशका कोषाध्यक्ष एवं पिपुल्स प्रमोट सेन्टरका अध्यक्ष कमलेश कुमार मण्डलले भाषा आयोगको प्रतिवेदन लागू गर्न तीनै तहको सरकार जिम्मेवार हुनु पर्ने मन्तव्य राख्नु भएको थियो।

कार्यक्रम मतस्य विकास केन्द्रको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रमले भाषिक समृद्धि र प्रदेश सरकारी कामकाजमा बहुभाषिक प्रयोग प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो, तर प्रमुख र विशेष अतिथि अनुपस्थित हुँदा अपेक्षाअनुसार प्रभावकारी हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    मोनू गुप्ता  जनकपुरधाम, वैशाख १ गते   नव वर्ष २०८३ सालको पहिलो दिन मंगलबारको अवसर पारेर धनुषाको विदेह न..

  मोनू गुप्ता  जनकपुरधाम, चैत २७ गते   मधेश प्रदेशको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा बजेट निर्माण प्र..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम चैत्र २५ गते    भाषा आयोगले आयोजना गरेको सरकारी कामकाजमा भाषा प्रयोग सम्बन..

  राष्ट्रिय आवाज  ढल्केवर, चैत्र २५ बुधबार   आमसञ्चार प्राधिकरणको आयोजनामा मधेस प्रदेशमा दर्ता भएका अनलाइ..

  राष्ट्रिय आवाज  धनुषा चैत्र २२ गते, आईतबार  नगराईन नगरपालिका वडा नं. ३ मा तीन महिने निःशुल्क कम्प्युटर तालि..