श्री शिव विनायक मन्दिर स्थापनार्थ आज कलश यात्रा

4 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख ६ गते आइतबार

जनकपुरधाम–८ गोरधोई पोखरी क्षेत्रमा निर्माण सम्पन्न भएको श्री शिव–विनायक मन्दिरको स्थापनार्थ आज भव्य कलश यात्रा आयोजना गरिएको छ। धार्मिक आस्था र परम्पराअनुसार आयोजित उक्त कलश यात्रामा स्थानीय श्रद्धालु, महिला तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको छ।

आयोजक समाजसेवी रोशन साहका अनुसार मन्दिरको औपचारिक स्थापना आज कलश यात्रा सम्पन भएको र भोलि प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिनेछ। उनले धार्मिक स्थलको संरक्षण तथा समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

उक्त कार्यक्रम गोरधोई सर संरक्षण समितिको आयोजना तथा राजर्षि नगर टोल सुधार समितिको सहकार्यमा सञ्चालन भइरहेको छ। आयोजकका अनुसार यसले क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।युवा सरसफाइ अभियानी पुष्प राज कुंवर, समाजसेवी बजरङ्ग यादब , स्थानिय सुरेन्द्र रविदास लगायतका सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..