सीमा क्षेत्रमा भन्सार कडाइ र साना व्यवसायीको समस्या प्रति अर्थमन्त्री यादवको ध्यानाकर्षण

6 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

जनकपुरधाम , वैशाख ७ गते 

मधेश प्रदेशका अर्थमन्त्री मा. महेशप्रसाद यादवले नेपाल–भारत सीमा क्षेत्रमा हाल लागू गरिएको भन्सार सम्बन्धी व्यवस्थाले स्थानीय नागरिकको दैनिक जीवनमा असहजता सिर्जना गरेको भन्दै गम्भीर ध्यानाकर्षण जनाउनु भएको छ। उहाँले यस्ता व्यवस्थाले नेपाल र भारतबीच सदियौँदेखि कायम ‘बेटी–रोटी’ सम्बन्धमा समेत प्रभाव पार्ने संकेत गर्नुभयो।

अर्थमन्त्री यादवले सीमा क्षेत्रमा देखिएको अवस्थाबारे यथार्थ अध्ययन गरी नागरिक मैत्री, व्यवहारिक तथा सन्तुलित नीति अवलम्बन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायहरू सँग आग्रह गर्नुभएको छ। उहाँले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जीवनयापन सहज बनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

त्यसैगरी, मधेश प्रदेशका विभिन्न स्थानमा सडक तथा सडक पेटी व्यवस्थापनका क्रममा साना तथा निम्न आय भएका व्यवसायीहरू प्रभावित भइरहेको विषयप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो। स्पष्ट वैकल्पिक व्यवस्था विना गरिएका यस्ता कदमहरूले उनीहरूको आर्थिक तथा सामाजिक अवस्थालाई थप जटिल बनाएको उहाँको भनाइ छ।

अर्थमन्त्री यादवले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय, संवाद र ठोस योजना मार्फत शीघ्र समाधान खोज्न आग्रह गर्नुभएको छ। उहाँले यसबाट सीमा क्षेत्रका नागरिकहरूको जीवनयापन सहज हुनुका साथै सामाजिक–आर्थिक सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..