बाल अधिकार सुदृढीकरणतर्फ खडक नगरपालिका अघि बढ्दै

6 महीना पहिले प्रकाशित


शिवशंकर मण्डल
सप्तरी, बैशाख ९ गते
स्थानीय तहमा बाल सहभागिता लाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले खडक नगरपालिकामा “स्थानीय तहमा सहभागितामूलक सफलता घोषणा कार्यक्रम” सम्पन्न भएको छ। सेभ द चिल्ड्रेन र सबल नेपाल को सहकार्यमा आयोजित कार्यक्रम आज नगरपालिकाको बैठक हल, कल्याणपुरमा सम्पन्न भएको हो।
कार्यक्रममा बाल कल्याण अधिकारी अनिता कुमारी शाहको अध्यक्षता रहेको थियो भने नगर प्रमुख जयप्रकाश चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी नगर उपप्रमुख रिता कुमारी चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी भइन्।
प्रमुख अतिथि चौधरीले बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बालमैत्री नीति तथा कार्यक्रममार्फत उनीहरूको सहभागिता अझ सुदृढ गरिने बताए। उनले बाल क्लब सञ्जाललाई सक्रिय र जिम्मेवार रूपमा परिचालन गर्दै बालबालिकाको आवाजलाई नीति निर्माणसम्म पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रममा प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी, पञ्जीकरण शाखाका रन्जित चौधरी, स्वास्थ्य शाखाका गयाप्रसाद चौधरी, सबल नेपालका फिल्ड म्यानेजर रोशन कुमार मण्डल, फिल्ड संयोजक अशोक कुमार शाह तथा अनुगमन संयोजक चन्दन कुमार चौधरीलगायतको उपस्थिति रहेको थियो।
नगर बाल क्लब सञ्जालका अध्यक्ष शिवशंकर मण्डलले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा नगर बाल क्लब सञ्जाल तथा वडा बाल क्लब सञ्जाललाई प्रशंसापत्र प्रदान गर्दै उनीहरूको सक्रिय योगदानको कदर गरिएको थियो।
साथै, आगामी दिनमा बाल क्लब सञ्जाललाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने सम्बन्धमा कार्ययोजना हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। बालबालिकाको सहभागिता बढाउँदै स्थानीय शासनमा उनीहरूको आवाज सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..