धनौजीमा निःशुल्क आँखा शिविर सम्पन्न, १८० जना लाभान्वित

4 महीना पहिले प्रकाशित


दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम ,बैशाख ९ गते
धनुषाको धनौजी गाउँपालिकामा बुधबार आयोजित निःशुल्क आँखा शिविरबाट १८० जना स्थानीय लाभान्वित भएका छन्। शिविरमा सहभागीमध्ये ३५ जनामा मोतीबिन्दुको समस्या पहिचान भएको छ भने उनीहरूको शल्यक्रिया जनकपुरधामस्थित श्री जानकी आँखा अस्पतालमा गरिने आयोजक रोशन मिश्रले जानकारी दिएका छन्।
श्री जानकी आँखा अस्पताल, जनकपुरधामको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा बिरामीहरूको निःशुल्क आँखा परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि धनौजी गाउँपालिकाका प्रत्यासी मेयर तथा युवा नेता जिवेन्द्र झाले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव अझै रहेको उल्लेख गर्दै यस्ता शिविरहरूले सर्वसाधारणलाई ठूलो राहत पुगेको बताए। “आँखा जस्तो संवेदनशील स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता पहल निरन्तर हुनुपर्छ,” उनले जोड दिए।
शिविर सञ्चालनमा युवा नेता रोशन मिश्रको पहल रहेको थियो। उनले स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाउँदै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता अभियान अघि बढाइने बताए।
आर्थिक रूपमा कमजोर तथा नियमित उपचारको पहुँचबाहिर रहेका स्थानीय आम नागरिक यस शिविरबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। यस्तो खालका स्वास्थ्य शिविरहरूले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान र उपचारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..