शहीदनगरमा नवनिर्मित प्रशासनिक भवन उद्घाटन

1 महीना पहिले प्रकाशित


दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, वैशाख १० गते
धनुषा जिल्लाको शहीदनगर नगरपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। आज बिहीवार एक विशेष समारोह बीच सम्पन्न उक्त कार्यक्रम संघीय संसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशका सभापति तपेश्वर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उद्घाटनअघि बुधबार धार्मिक विधिअनुसार कलश यात्रा तथा गृह प्रवेश कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय परम्पराअनुसार पूजापाठसहित भवनलाई औपचारिक रूपमा सञ्चालनका लागि शुभारम्भ गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भक्तजन तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


उद्घाटन समारोहमा मधेस प्रदेश सभाका सभामुख रामआशिष यादव विशिष्ट अतिथिका रूपमा उपस्थित रहँदै संघीयताको संरक्षण र सुदृढीकरण अहिलेको प्रमुख आवश्यकता भएको धारणा व्यक्त गरे। उनले संघीय संरचनालाई मजबुत बनाउन सबै तहका सरकार जिम्मेवार, पारदर्शी र जनउत्तरदायी हुनुपर्नेमा जोड दिए।

त्यसैगरी कार्यक्रममा पूर्व सांसद उमाशंकर अरगरिया, पूर्व मन्त्री रामकृष्ण यादवलगायतका गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तपेश्वर यादवले पालिकामा कुनै पनि दरबन्दी खाली भए पहल गरी शीघ्र पूर्ति गरिने प्रतिबद्धता व्यक्त गरे। उनले प्रभावकारी सेवा प्रवाहका लागि जनशक्ति व्यवस्थापन अत्यन्त आवश्यक रहेको बताए।


शहीदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादवले कानुनी तथा संरचनागत सुधार बिना स्थानीय तहमा अपेक्षित परिवर्तन सम्भव नहुने उल्लेख गरे। उनले विगत एक महिनादेखि भवन निर्माण तथा व्यवस्थापन कार्यमा आफू निरन्तर सक्रिय रहेको जानकारी दिँदै गुणस्तरीय सेवा प्रवाहका लागि प्रशासनिक सुधार अपरिहार्य रहेको बताए।
उद्घाटन समारोहमा वक्ताहरूले नवनिर्मित भवनले सेवा प्रवाहलाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। स्थानीय तहको सुदृढीकरण र जनउत्तरदायी प्रशासन निर्माणमा यस्ता संरचनाहरू महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..